
ABC (क्राईमबिट) पर्सा । बिरगंज अवैध तरिकाले भारतबाट नेपाल भित्रिएका ६५ वटा पशु चौपायालाई सशस्त्र प्रहरीले पर्साको ग्रामिण क्षेत्रमा पर्ने विभिन्न स्थानीय तहबाट नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको चौपायाको मूल्य २४ लाख १० हजार रुपैयाँ रहेको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रहरी
सुमन थपलियाले जानकारी दिए । प्रहरी उपरीक्षक थपलियाकै कमाण्डमा खटिएको अनुगमन टोलीले पर्साको विन्दवासिनी गाउँपालिका र बहुदरमाई नगरपालिकाबाट पशुचौपायाहरु नियन्त्रणमा लिएको हो ।
थपलियाले आइतबार साँझ पाँच बजे पर्साको बिन्दवासिनी गाउँपालिका – १ स्थित गदौलाबाट र सोही दिन साँझ पौने ७ बजे बहुदरमाई नगरपालिका – २ स्थित तिलाबे खोलामा जनिकबाट २४ लाख १० हजार बराबरको पशुचौपाया नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल अलौँका प्रहरी नायब उपरिक्षक योगेश बरालले जानकारी दिए ।
भारतबाट ल्याइरहेको साना ठूला भैंसी ५६ वटा, पाडी ३ वटा र पाडा ६ वटा गरी ६५ वटा पशुचौपाया नियन्त्रणमा लिई आवश्यक कारबाही प्रकृयामा रहेको बरालले बताए ।