
(ABC-Sanchar)
काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईलाई नयाँ गृह सचिवको जिम्मेवारी दिएको हो । हाल गृह सचिव रहेका विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ ।
अन्तराष्ट्रिय रुपमासमेत चाँसोको रुपमा लिइएको सरणार्थि प्रकरणकै बेला गृहसचिवकै सरुवा गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । भट्टराई मुख्य सचिव शंकरदाश वैरागीका खास पात्र मानिन्छन् ।