०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

भुटानी शरणार्थी प्रकरणबारे भ्रमपूर्ण समाचार सम्प्रेषण भएको प्रति नेपाल प्रहरीको ध्यानाकर्षण

Logo
प्रकाशित बुधबार, बैशाख २७, २०८०

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा कतिपय सञ्चारमाध्यमले भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको भन्दै त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले बुधबार एक विज्ञप्ति जारी गर्दै अनुसन्धानको क्रममा रहेको मुद्दाको विषयलाई लिएर गलत, मनोगत, अनुमानमा आधारित भ्रमपूर्ण समाचार सम्प्रेषण भएकोबारे आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।

‘हालका दिनहरूमा कतिपय अनलाइन तथा छापा मिडियाहरू र विभिन्न सामाजिक सञ्जालहरूमा प्रहरीबाट अनुसन्धानको क्रममा रहेको भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणहरूलाई ठगी गरी संगठित अपराध गरेको मुद्दाको विषयलाई लिएर गलत, मनोगत, अनुमानमा आधारित भ्रमपूर्ण समाचार सम्प्रेषण भएको सन्दर्भमा नेपाल प्रहरीको ध्यानाकर्षण भएको छ,’ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपेन्द्र जीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता तथ्यहीन तथा भ्रामक समाचारबाट जनमानसमा गलत सूचना प्रवाह हुन जाने र मुद्दाको अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्न सक्ने भएकाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न, गराउन हुन अनुरोध गरिएको छ।’

साथै तथ्य र वस्तुगत प्रमाणमा आधारित रहेर अनुसन्धानलाई सारभूत रूपमा निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध रहेको बताउँदै सही, सत्य र तथ्यमा आधारित सूचना र समाचार सम्प्रेषण गरी अनुसन्धान कार्यमा सहयोग गरिदिनसमेत प्रहरीले अनुरोध गरेको छ।
भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा हालसम्म १२ जना पक्राउ परिसकेका छन्। आज बिहान मात्रै प्रहरीले पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पक्राउ गरेको छ।
हिरासतमा रहेकाहरूले दिएको बयानका आधारमा उच्च पदस्थहरू अनुसन्धानमा तानिने क्रम जारी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!