२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सशस्त्र प्रहरीको नेपाल एपीएफ अस्पतालमा डायलासिस सेवा शुरु

Logo
प्रकाशित बुधबार, बैशाख २७, २०८०

ABC (क्राईमबिट) काठमाडौँ । नेपाल एपीएफ अस्पतालमामा वैशाख २७ गते देखि डायलासिस सेवा शुरु भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले काठमाडौँको बलम्वु स्थित नेपाल एपीएफ अस्पतालमा थप गरिएको डायलासिस सेवाको बुधबार उद्घाटन गरेका हुन् ।

सोही अवसरमा महानिरीक्षक अर्यालले नेपाल सरकारले जनस्वास्थ्य प्रति चासो राख्दै डायलासिस र मृगौला प्रत्यारोपणमा सहयोग उपलब्ध गराउने निर्णय

भएपछि शुरु भएको डायलासिस सेवाले नेपाल एपीएफ अस्पतालको विस्तार र विविधीकरणमा महत्त्वपूर्ण टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

उनले नेपाल एपीएफ अस्पतालमा आइसियु तथा भेन्टीलेटरको सुविधा रहेको भएतापनि आपतकालिन अवस्थामा बिरामीलाई डायलासिस सेवा दिनुपर्दा अन्य अस्पताल लैजानुपर्ने र बिरामीको स्वास्थ्यमा जोखिम उठाउनुपर्ने बाध्यतालाई निराकरण गर्न यो सेवा प्रभावकारी एवं फलदायी रहने समेत बताए ।

महानिरीक्षक अर्यालले अस्पतालमा डायलासिस सेवा विस्तारले सशस्त्र प्रहरी कर्मचारी, आश्रित परिवारजन, अमर सशस्त्र प्रहरीका परिवारजन, अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी एवं परिवारजन, स्थानीयवासी लगायत आम सर्वसाधारण तथा विपन्न नागरिकहरूले पनि सेवा पाउने बताउँदै नेपाल एपीएफ अस्पतालले कसैप्रति आग्रह पूर्वाग्रह नराखी कसैलाई पक्षपात नगरी उत्कृष्ट सेवा प्रदान गरी आम नागरिकको मन जित्न सफल हुने विश्वास व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]