०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

अवकाश प्राप्त एसएसपी लव विष्टको गम्भीर आरोप : आरजूलाई पैसा नदिँदा मलाई बढुवा वञ्चित गरे

Logo
प्रकाशित बिहिबार, बैशाख २८, २०८०

(ABC-Sanchar)
काठमाडौं । नेपाल प्रहरीका अवकाशप्राप्त वरिष्ठ उपरीक्षक एसएसपी लव विष्टले प्रहरी संगठनभित्र हुने राजनीतिक हस्तक्षेप र मोलमोलाइको पीडित आफू पनि भएको बताउँदै ७ वर्षपछि एउटा ‘खुलासा’ गरेका छन् ।

काभ्रेका विष्टले सामाजिक सञ्जाल फेसबूकमा एक सन्देश लेख्दै आफ्नो प्रहरी सेवाकालको घटना स्मरण गराएका छन् । उनले आफू प्रहरी सेवामा रहँदा २ वटा राजनीतिक आक्रमण भएको विषय सार्वजनिक गेका छन् । पहिलो आक्रमण २०४७ सालमा भएको उनको दाबी छ ।

२०४७ मा सप्तरीबाट २४ घन्टामा दार्चुला सरूवा गरिएको उनले बताएका छन् । सोझा गाउँलेलाई डाँका मुद्दा लगाएर फसाउन नमान्दा त्यतिबेला आफ्नो दार्चुला सरुवा भएको विष्टको भनाइ छ ।

सरुवाको कारण निमुखा गाउँलेहरुलाई फसाउन रचिएको झुटा डाँका मुद्दा दर्ता गर्न नमानेको । सरुवा गराउने नेपाली कांग्रेस सप्तरीका नेता रामकुमार चौधरी जो गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र हुन्,’ विष्टले लेखेका छन् ।

त्यसपछि २०७३ सालमा आफूमाथि आक्रमण भएको उनको भनाइ छ । २०७३ मा एसएसपीबाट डीआईजी बढुवा हुनेबेला ज्येष्ठताका आधारमा आफू पहिलो नम्बरमा रहेको विष्टको दाबी छ । तर, तत्कालीन सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई पैसा बुझाउन नमान्दा आफू बढुवाबाट बञ्चित भएको विष्टले उल्लेख गरेका छन् ।
‘कार्यसम्पादनमा समेत अव्बल हुँदाहुँदै पनि नोटको बिटोसहित विमलेन्द्र निधिमार्फत बुढानीलकण्ठ बस्ने भाउजुलाई चाकडी गर्न मनले नमान्दा बढुवा हुनबाट वञ्चित भइ अवधि नै नपुगी प्रहरी सेवाबाट हट्नु परेको थियो । जस होस् नेपाली कांग्रेसको,’ विष्टले भनेका छन् ।
विष्टको बढुवा हुनेबेला २०७३ पुस १ गते तीन डीआईजीको पद रिक्त थियो । त्यतिबेला गणेश केसी, रमेश भट्टराई र केदारमान सिंह भण्डारीलाई बढुवाका लागि सिफारिस गरिएको थियो ।

बढुवामा छुटेपछि विष्ट २०७३ पुस १५ गते एसएसपीको ५ वर्षे पदावधिका कारण अनिवार्य अवकाशमा गएका थिए । त्यतिबेला विष्टसँगै अर्का एसएसपी बलराम शर्मा पौडेल पनि अनिवार्य अवकाशमा गएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!