०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

अभिनेत्री आँचल शर्मा सिंगापुरमा

Logo
प्रकाशित बिहिबार, बैशाख २८, २०८०

(ABC-Sanchar) काठमाडौंँ । अभिनेत्री आँचल शर्माको लागि २०८० को सुरुवात राम्रो हुन सकेन । उनले अभिनय गरेको ‘नाई नभन्नु ल ६’ को व्यवसाय त राम्रो भएन भने अभिनयबाट पनि उनले सकारात्मक प्रतिक्रिया समेत पाउन सकिनन् । कतिपयले त ‘नाई नभन्नु ल ६’ मा रहेको उनको अभिनय अहिलेसम्मकै कमजोर टिप्पणी गरे । उनले आफ्नो गेटअप र फेसनमा गर्ने मिहिनेत अभिनयमा गरेको भए सुनमा सुगन्ध हुने धारणा धेरैको थियो । उनले फिल्म छनोटदेखि अभिनयसम्ममा सुधार गर्नुपर्ने सुझाव समेत दिइएको छ । फिल्म फ्लप भएपछि विभिन्न नकारात्मक टिप्पणीको सामना गरेकी आँचल अहिले सिंगापुर पुगेकी छिन् । फिल्मको तनाव भुल्ल र घुमघाम गर्ने उद्देश्यले उनी सिंगापुर पुगेकी हुन् । सिंगापुरमा पुगेर आँचलले स्वीमिङ पुलमा रमाउँदै विभिन्न फोटो सार्वजनिक गरेकी छिन् ।
सामाजिक सञ्जाल इन्स्टाग्राममा आँचलले पोष्ट गरेका तस्बिरमा उनी निकै हट एण्ड बोल्ड छन् । तस्बिरमा विभिन्न खालका प्रतिक्रिया मिलिरहेको छ । कतिपयले आँचलको तबिरलाई रुचाएका छन् भने कतिपयले आँचल दुब्लाएको भन्दै चिन्ता गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!