
ABC (क्राईमबिट)
काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित तालिम आवश्यकता पहिचान सम्बन्धी तालिम दोस्रो समुहको २९ गते प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी टेक प्रसाद राईको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भयो
। उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनाले तालिम सम्बन्धि संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुका साथै दीक्षित भई जान लाग्नु भएका प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथिबाट प्रमाणपत्र वितरण तथा निर्देशन सम्बोधन समेत भएको ।