०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

राप्ती प्रतिष्ठानमा सुत्केरीको मृत्युपछि तनाव दोषीलाई कारवार्हीको माग गर्दै पीडितहरु आन्दोलन

Logo
प्रकाशित शुक्रबार, बैशाख २९, २०८०

 (ABC-Sanchar) दाङ । घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सुत्केरीको मृत्यु भएपछि उनका आफन्तजनले न्यायको माग गर्दै आन्दोलन गरिरहेका छन् । घोराही उपमहानगरपालिका–८ सौरीकी मधु बुढाथोकी केसीको विहीवार प्रतिष्ठानमा मृत्यु भएपछि घट्नाको उचित अनुसन्धानसहित क्षतिपूर्तिको माग राख्दै शुक्रवार बिहानैदेखि आफन्त तथा पीडितहरु आन्दोलनमा उत्रिएका छन् ।

२८ वर्षीया मधु केसीको विहीवार दिउँसो १ बजे सामान्य रुपमा सुत्केरी भएको तर बच्चाको सालनाल ननिस्केको भन्दै उपचारमा खटिएका नर्सहरुले हात हालेर जबरजस्ती सालनाल निकाल्न खोज्दा सुत्केरीको मृत्यु भएको मृतकका श्रीमान शेरबहादुर केसीले बताउनुभएको छ । उपचारमा संलग्न डाक्टर र नर्सहरुले सुत्केरीको अवस्थाका बारेमा आफन्तहरुलाई कुनैपनि जानकारी नगराई आफू खुशी सुत्केरीको उपचार गर्न खोज्दा ज्यान गएको मृतकका श्रीमान केसीले जानकारी दिनुभएको छ ।

मृतकका श्रीमान केसीले भन्नुभयो, ‘प्रतिष्ठानको रिपोर्ट अनुसार डेलीभरीका लागि विहीवार विहान ९ बजे आइपुगेका थियौ । दिउँसो १ बजे नर्मल डेलीभरी भयो भन्नुभयो । तर बच्चा जन्मिएपछि साल निस्किएको रहिन्छ । जसका कारण महिलाको मृत्यु हुन पुग्यो ।’ बिरामी अचेत भई स्वास्थ्य अवस्था जटिल भएपछि डाक्टरले आईसीयूमा राखेर उपचार गर्ने भन्दै एकाएक कागजमा हस्ताक्षर गर्न लगाएको श्रीमान बताउनुहुन्छ ।

‘पहिले राम्रै छ भनेका थिए, तर बिरामीको अवस्था सिरिएस भएपछि पाठेघरको अप्रेसन गरेर साल निकाल्ने भनेर मलाई हस्ताक्षर गर्न लगाउनु भयो । त्यसको केही क्षणमै बिरामीको मृत्यु भयो भन्नुभयो ।’ सुत्केरी हुनुअघि प्रतिष्ठानमै सबै स्वास्थ्य परिक्षण गर्दा सामान्य रिपोर्ट आएको अवस्थामा प्रतिष्ठानको लापरवाहीले सुत्केरीको ज्यान गएको सुत्केरीकी आमा पूर्णा बुढाथोकी बताउनुहुन्छ । शिशुको अवस्था भने सामान्य रहेको प्रतिष्ठानले जनाएको छ ।

मृतकले उचित क्षतिपूर्ति, लापरवार्ही गर्नेलाई कारवार्हीसँगै शिशुको पालनपोषण र पठनपाठनको सबै खर्च प्रतिष्ठानले व्यहोर्नुपर्नेलगायतका माग राख्दै विहानैदेखि आन्दोलनमा उत्रिएका छन् । शरीरको सबै अंक परिक्षण हुनुपर्ने उनीहरुको माग छ । सुत्केरीको मृत्युको विषयमा प्रतिष्ठानले अहिलेसम्म आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन । तर पीडितहरु समक्ष सुत्केरीको उपचार गर्दागर्दै अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको प्रतिष्ठानले प्रारम्भिक जवाफ दिएको मृतकका श्रीमान केसी बताउनुहुन्छ ।

घट्नाका विषयमा निकास खोज्न बिहान प्रतिष्ठान र पीडित पक्षबीच छलफल भएपनि निकास निस्कन नसेको पीडित पक्षले जनाएको छ । यस विषयमा प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले चासो लिँदै प्रतिष्ठान र पीडित पक्षलाई राखेर समस्याको निकास खोज्ने प्रयास भैरहेको बताउनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!