ABC (क्राईमबिट) काठमाडौं । शुक्रवार बसेको बढुवा समिति बैठकले राति अबेर सिफारिस सुची प्रकाशन गरेको हो । डिएसपी गौतम कुमार केसीलाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ । एसपीमा बढुवा सिफारिस हुनेहरूमा वसुन्धरा खड्का, नवराज कार्की, गोविन्द पुरी, रामप्रसाद घर्तिमगर, वासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, भावेश रिमाल, श्याम बहादुर खत्री, शालिग्राम शर्मा, हरिहरनाथ योगी, श्याम कुमार राई, र गोविन्दराज काफ्ले लगायत छन् । बढुवा समितिको निर्णयविरुद्ध ७ दिनभित्र लोकसेवा आयोगमा उजुरी दिन सकिन्छ
। उजुरी नपरेमा गृहमन्त्रीले सो सिफारिसलाई बढुवा नियुक्ति निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ ।