०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

भ्रष्टाचार दोषी ठहरिए प्रचण्ड देउवा ओली कसैलाई छोड्नु हुन्न : डा. गोविन्द केसी

Logo
प्रकाशित शनिबार, बैशाख ३०, २०८०

(ABC-Sanchar)
काठमाडौँ । नक्शालमा नागरिक अगुवाहरू मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपबिरुद्ध वृहत आन्दोलन सुरु गरेका हुन्। प्रदर्शनमा बोल्दै वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले भुटानी शरणार्थी प्रकरणको सत्य तथ्य छानबिन गर्न सरकारले खुट्टा कमाउनु नहुने बताए।

उनले भ्रष्टाचारको विस्तृत छानबिन हुनुपर्ने र निष्पक्ष रूपमा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उल्लेख गरे। उनले सरकारले शीर्ष नेताहरूको पनि छानबिन गर्नुपर्ने र छानबिनमा दोषी ठहरिए कारबाही गर्नुपर्ने बताए। ठुला नेताहरू भ्रष्ट नभइकन साना तहका नेताहरुले भ्रष्टाचार गर्न हिम्मत नगर्ने उनको दाबी थियो।

उनले भने, ‘भुटानी शरणार्थी काण्डमा खुट्टा कमाउनु हुँदैन। छानबिन विस्तृत हुनुपर्छ, निष्पक्ष हुनुपर्छ, शीर्ष नेता पनि दोषी पाइयो भने उनीहरूलाई कारबाही हुनुपर्छ। देउवा, ओली, प्रचण्ड पनि दोषी पाइयो भने कारबाही हुनुपर्छ। शीर्ष नेता भ्रष्ट नभइकन उ भन्दा तलको नेता भ्रष्ट हुन गाह्रो छ। निर्दोष हो भने प्रहरीमा उजुरी आउँथ्यो, उनीहरू भाग्न खोज्नु र भाग्नु भनेका स्वतः प्रस्ट हुन्छ। प्रचण्डको पार्टीलाई भाग नपुगेको हो की के हो ? तर सबै पार्टी भ्रष्ट नै छन्।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहालको पार्टी भ्रष्टाचार गर्ने भाग नपुगेका कारण अहिलेको भुटानी शरणार्थी प्रकरण बाहिर ल्याएको तर कोही पनि पार्टी भ्रष्टाचार गर्नबाट ओभानो नरहेको स्पष्ट पारे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!