(ABC-Sanchar) दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले आफुलाई कमैया आन्दोलनदेखि सामाजिक क्षेत्रमा काम गर्ने क्रममा प्रेसले महत्वपुर्ण सहयोग गरेको बताएका छन् । शनिबार प्रेस युनियन दाङको साधारण सभा एवं ८ औ जिल्ला अधिवेशनमा बोल्दै मुख्यमन्त्री चौधरीले पत्रकारहरुको सहयोगले कमैयाँ आन्दोलनबाट हजारौ कमैयाहरु मुक्त भएको बताएका हुन् । तर अहिले पत्रकारितालाई विश्वास गर्ने विषयमा द्वविधा उत्पन्न भएको बताएका छ्न ।
नक्कली भुटानी शरणर्थी प्रकरणमा मात्रै आफ्नो विरुद्धमा समाचार प्रकाशित भएको प्रति ईगिंत गर्दै उनले सत्य तथ्य के हो भनी बुझेर मात्रै समाचार प्रकाशण गर्न आवश्यक रहेको बताए । साथै उनले प्रेस युनियनमा आवद्ध पत्रकारहरुले अझ सत्य तथ्य बुझेर समाचार प्रकाशण प्रसारण गर्न आवश्यक रहेको बताए । प्रदेश सरकारले सञ्चार क्षेत्रको विकासका लागि सहयोग गर्ने बताउँदै एउटा गाउँमा एउटा पत्रकार उत्पादन गर्नको लागि प्रदेश सरकारले बजेट छुट्याउने बताए ।
प्रदेश सरकारले हरेक गाउँमा, हरेक घरमा प्रदेश सरकार भनेर अगाडी बढेको बताउँदै घर घरमा रोजगारी पुर्याएर रोजगारीलाई व्यवसायिक बनाएर कम्तीमा २ लाख जनालाई रोजगारी पुर्याउने लक्ष्य लिएकाले त्यसमा पत्रकारहरुले साथ दिनु पर्ने बताए ।