०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

विद्युतको महशुल नबुझाउदा सिमेन्ट उद्योग उदायपुरको बत्ति काटियो

Logo
प्रकाशित आइतबार, बैशाख ३१, २०८०

(ABC-Sanchar)
काठमाडौं । सरकारी स्वामित्वमा रहेकाे उदयपुरकाे सिमेन्ट उद्योगका विद्युत लाइन काटिएको छ । नियमित भुक्तानी गर्नु पर्ने रकम समयमै नतिर्दा विद्युतलाईन काटिएको विद्युत प्राधिकरण गाईघाट शाखाले जनाएको छ ।

७ करोड ९४ लाख भन्दा बढी विद्युत महशुल बुझाउन बाँकी रहेकोले विद्युत लाइन काटिएको नेपाल विद्यूत प्राधिकरण गाईघाटका शाखा प्रमुख विजयबाबु खत्रीले बताए । बीचबिचमा रकम भुक्तानी गर्दै जानकारी गराउनु भएको हाे अपुरो भुक्तानी गर्ने गरेकोले बाँकीबक्यौता ७ करोड ९४ लाख बढी रकम भुक्तानी गर्न बाँकी रहेको उनकाे भनाइ थियो । नेपाल विद्युत प्राधिकरण विद्युत महशुल संकलन विनियमावली २०७८ को विनियम १० अनुसार मिटर रिडिङ्ग गरेको ६० औं दिनसम्म विद्युत महशुल नबुझाएमा विना सूचना जुनसुकै समय लाइन काटिने व्यवस्था रहेको छ । तर उदयपुर सिमेन्ट उद्योगले लामो समयदेखि बक्यौता नबुझाएको कारण विद्युत लाइन काटिएको हो । प्रदेश र केन्द्रसँगै समन्वय गरेर विद्युत लाइन काटिएको शाखा प्रमुख खत्रीले बताए । ट्रक र डेडिकेटट लाइन बाहेकको बक्यौता धेरै भएपछि विद्यूत लाइन काट्न बाध्य भएको उनकाे भनाइ छ । ट्रंक र डेडिकेटेट लाइनको बक्यौता लामो समयदेखि तिर्न बाँकी रहेको उनले बताए । उद्योगले ट्रंक र डेडिकेटट लाइन बापत करिव ४२ करोड ३३ लाख बढी बक्यौता तिर्न बाँकी देखिएको छ । उद्योगको विद्युत लाइन काटिएको विषयमा महाप्रबन्धक गोपीकृष्ण न्यौपानेलाई मोबाइलमा सम्पर्क गर्दा उनले फोन नै नउठाउने गरेको ले । यस विषयमा उद्योग संचालक समितिका अध्यक्ष केशव कुमार बस्नेतलाई बुझदा उनले आफु यस विषयमा अनविज्ञ रहेकोले उद्योग तर्फ जाँदैछु पछि कुरा गर्ने बताए । उद्योगले एक महिना अघिदेखि क्लिङकर उत्पादन गरेको छैन भने भएको क्लिङकर एक हप्ता अघि नै सकिएर सिमेन्ट प्याकिङ बन्द गर्नुपर्ने अवस्था भएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!