
(रोशन निधि) पर्सा । बिरगंज महानगरपालिकाले जडिबुटी ,कबाड,उन,पराल,ब्रान्ड ,पुरानो ड्रम,छाला ,वर्गीकरनमा नपरेका कबाडी सामान ,जलेको मोबिल,काठ,दाउरा ,पुरानो पितल र तामा ब्याट्री ,काम नलाग्ने मेसिनरी औजार ,स्क्रेप,पुरानो फलाम तथा स्टिल,थोत्रो टिन,सिसा,कान्च ,बोतल आदिगरी जिवजन्तु महानगरछेत्र भित्र उत्पति ,संकलन तथा ब्याब्सायिक उप्योग र
कारोबारको लागि लगाएको ठेक्का मेदान्त कन्स्ट्रक्सन प्रा.लि. का संचालक सन्जय कुमार गुप्ताले ठेक्का पाएदेखिनै महानगरको नियम कानुन बिपरित २४ घन्टानै भारतीय गाडिहरु शीत दादागिरी ले लाेड गाडि हाेस अथवा खालि गाडिमा जबर्जस्ती नेपाली रु.३२०/- लिएर रसिदमा रु.२००/- मात्र उल्लेख गर्नेगरेकाछन ।उक्त रसिदमा माल बस्तु प्रष्ट खुलाउन पर्नेमा केही उल्लेख गर्दैनन् ।जुनकी गैरकानुनी हो यस्तो गैरकानुनी क्रियाकलाप भएको स्थानीयले सूचना दिएपछि सन्चार्क्रमी ले सत्यतथ्य केहो बुझ्ने
क्रममा प्रमाण सहित फेलापारी बिरगंज महानगरपालिकाको प्रमुख प्रसासकिय अधिकृत लछ्मी प्रसाद पौडेल सम्छ प्रमाण प्रस्तुत गर्दा पौडेल ले आफुहरुले यो कुरा सुन्नमा आएको हो तर हालसम्म कुनै प्रमाण प्राप्त नभएकोले कुनै कार्वाही प्रक्रिया अगाडि नबढाएकाे।अहिले प्रमाण सहित फेलापरेको छ अब उक्त कन्स्ट्रक्सन लाई पत्र काटि स्पष्टीकरण सोधपुछ गरेर कानुन बमोजिमको प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
महानगरपालिकाले ठेकेदार लाई मिति २०८०/०१/२९ गतेका दिन पत्र काटि स्पष्टीकरण उक्त कन्स्ट्रक्सन संचालक लाई पठाएका थिए । तर महानगरपालिकाकाे पत्र लाई बेवास्ता गर्दै भारतीय गाडि हरुसित कुटने पिटने डरधम्की देखाए जबर्जस्ती पैसा लुटने गरेकोले भारतिय चालकहरुले नेपाल सरकार संघ गुहार माग्दै आफ्नो पिडा पोख्ने गरेका छन ? साथै कुनै बेला भात खाने पैसा मात्र भएको बेलामा पनि पैसा तिर्नुपर्ने भएकोमा भोकै बस्नुपर्ने बध्यता पटकपटक खेप्नुपरेको छ।यसताे किसिमको अन्याय हुन्दा कति चालक ले अबदेखि माल बोकेर नआउने समेत भनेका छन ? केही स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा प्रतिक्रिया दिएको थियोे सबै को मिलोमतो र भागबन्डा ले गर्दा महानगरले चासो नदेखाएको हो ?
अहिलेसम्म सम्मको अवस्था हेर्दा आम जनताको चासो को बिषय भएको देखिन्छ ।तर पनि समबन्धित निकाय आखिर मौन किन छ्न?