०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

दाङको भालुवाङ्ग बसपार्ककाे दुर्दशा सरकार र सराेकारवालाहरु बेखबर नागरिकलाई भने सास्ती

Logo
प्रकाशित सोमबार, जेठ ०१, २०८०

 (बिदुर एमसी) दाङ । भालुवाङ राज्य पुनर्संरचना हुनुभन्दा दशकौं अगाडिको भालुवाङ्गको नवनिर्मित बसपार्क अझैसम्म सञ्चालनमा आउन सकेको छैन । तत्कालीन भालुवाङ्ग नगर विकास समितिले शुरु गरेको बसपार्क निर्माणकार्य हाल आएर राप्ती गाउँ पालिकाको मातहतमा आएको भए तापनि यो बसपार्क अहिले झन् बिना मालिकको सम्पत्तिजस्तो अलपत्र अवस्थामा छ ।
आम नागरिकहरुले सधैं प्रश्न गर्छन्, कहिले बन्ला यो बसपार्क ? अनि कोही कसैले अनुमान लगाएर त्यस्तै अलपत्रको जवाफ दिने गर्छन्, शायद अझै एकदुई दशक पर्खनुपर्छ होला ।
लुम्बिनी प्रदेशको राजधानी घोषणा भएर पनि त्यो कार्यान्वयनकाे चरणमा छ ।
नगर विकासका पूर्व अध्यक्षहरु गाेरखनाथ कसौधन, मकबूल मियाँ र ओमप्रकाश बुढाथोकीहरुले आआफ्नो कार्यकालमा बसपार्क बिस्तार गरेर अहिलेको अवस्थामा बसपार्क देखिन्छ । जब कि त्यसभन्दा पहिले यो ठाउँ एउटा पहाडी ढिस्कोको रूपमा थियो ।
बसपार्क यस्तो अलपत्र अवस्थामा हुनाले भालुवाङ्गजस्तो बजार ठाउँमा चोकको सडक छेउछाउबाट सवारीसाधनहरु उभ्याउनु र त्यहीँबाट अन्यत्र स्थानका लागि सञ्चालन गर्नुपर्ने निकै अप्ठ्यारो अवस्था छ ।
यदि याे बसपार्क सञ्चालन भएको खण्डमा यातायातका साधनहरुलाई सहज हुनुका साथै आम नागरिकहरुलाई आफ्ना व्यापार व्यवसाय गर्न र अन्य दैनिकीमा पनि निकै फलदायी हुने कुरामा अधिकांश मानिसहरु विश्वस्त छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!