०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

५ वर्षीया बालिका बलात्कार गर्ने बाबु र मामालाई ८४ वर्ष जेल सजाय

Logo
प्रकाशित शुक्रबार, जेठ ०५, २०८०


(ABC-Sanchar)
काठमाडौं । पाँच वर्षीया बालिकालाई बारम्बार बलात्कार गरेको आरोपमा आफ्नै बुवा र मामालाई ८४ वर्षको जेल सजाय सुनाएको छ ।

केरलाको विशेष पोक्सो अदालतले बिहीबार सो सजाय सुनाएको हो । देवीकुलम पोक्सो फास्ट ट्र्याक अदालतका न्यायाधीश रविचन्द्र सीआरले दुवै दोषीलाई यौन अपराधबाट बालबालिकाको संरक्षण ऐन (पोक्सो), भारतीय दण्ड संहिता र बाल न्याय ऐन अन्तर्गतको कानुन अनुसार कुल ८४ वर्षको जेल सजाय सुनाएको हो ।

विशेष अदालतले कैद बाहेक तीन/तीन लाख जरिवानासमेत गरेको र जरिवाना रकम पीडितलाई दिन निर्देशन दिएको सरकारी वकिलले जानकारी दिए । उनका अनुसार पीडितलाई क्षतिपूर्ति दिन जिल्ला कानुन सेवा प्राधिकरणलाई पनि अदालतले निर्देशन दिएको छ ।

पीडित युवतीलाई २०२१ मा घरमा बाबु र मामाले पटक–पटक बलात्कृत गरेको र पछिल्लो बलात्कारको घटना २०२१ डिसेम्बर २४ गते बालिकाकी आमाले थाहा पाएपछि बाल कल्याण समितिमा उजुरी गरेकी थिइन । त्यसपछि उनीहरूलाई पक्राउ गरी अदालतमा लगिएको थियो ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेयको झण्डावाला गाडीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले कारबाही गरेको छ । भैरहवाको बजारमा सडक पेटीमा लु १ झा ७४५ नम्बरको झण्डावाल गाडीलाई राखेर मन्त्री पाण्डेयले मारवाडीको हार्डवेर पसल उद्घाटन गर्न पुगेका थिए । सोही क्रममा स्थानीयले मन्त्री पाण्डेयको झण्डावाला गाडीलाई नो पाकिङमा राखिएको भिडियो सामाजिक सञ्जालमा […]

दाङ । कुनै पनि समाजको समृद्धि केवल पूर्वाधार निर्माण, भवन र सडक विस्तारले मात्र सम्भव हुँदैन। समाजलाई सही दिशा दिन सक्ने, जनताको भावना बुझ्ने, विकासलाई व्यवहारमा उतार्न सक्ने र हरेक वर्गको आवाज सुन्न सक्ने नेतृत्व आवश्यक हुन्छ। आजको समाजमा यस्ता नेतृत्वको खाँचो झन् बढ्दो छ। यस्तै समयमा सकारात्मक सोचका धनी, अति मिलनसार, दूरदर्शी तथा समाज […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको *सिभिल टोली*ले राप्ती सोनारी–४, बैजापुरबाट अवैध रूपमा ल्याइएको सामानसहित २ जनालाई नियन्त्रणमा लिएको छ। *बरामद विवरण:* 1. *४ वटा मोटरसाइकल* – अवैध रूपमा ओसारपसारमा प्रयोग भएको आशंका 2. *७ क्विन्टल पेरेण्ट्स कुखुरा* – भन्सार छली गरी ल्याइएको अनुमान 3. *२ जना मानिस* – नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बरामद […]

error: Content is protected !!