१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

कुनैबेला ट्राफिक प्रहरीलाई थर्काउने लुम्बिनीका मन्त्री सन्तोषकुमार पाण्डेयको गाडी ट्राफिक कार्वाहीमा,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, जेठ ०६, २०८३

रुपन्देही । लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेयको झण्डावाला गाडीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले कारबाही गरेको छ ।

भैरहवाको बजारमा सडक पेटीमा लु १ झा ७४५ नम्बरको झण्डावाल गाडीलाई राखेर मन्त्री पाण्डेयले मारवाडीको हार्डवेर पसल उद्घाटन गर्न पुगेका थिए । सोही क्रममा स्थानीयले मन्त्री पाण्डेयको झण्डावाला गाडीलाई नो पाकिङमा राखिएको भिडियो सामाजिक सञ्जालमा हालेर भाइरल बनाइदिएका थिए । त्यसपछि मन्त्री पाण्डेको झण्डावाला गाडीका चालकलाई ट्राफिक प्रहरीले पुर्जी थमाएको थियो ।

मन्त्री पाण्डेयको झण्डावाला गाडीलाई कारबाही गरिएको प्रमाण ट्राफिक प्रहरीले सार्वजनिक समेत गरेको छ । मन्त्रीको गाडीलाई सडकमा जथाभावी पार्किङ गरिएको फेला पारेपछि ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

सामाजिक सञ्जालमार्फत भैरहवाको बर्मेली टोल क्षेत्रमा फुटपाथमा सरकारी सवारी साधन पार्किङ गरिएको सम्बन्धमा प्राप्त गुनासोका आधारमा उक्त सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीद्वारा आवश्यक कारवाही भइसकेको प्रहरीले जनाएको छ ।

मन्त्री पाण्डेयले बेलाबेला प्रहरीका सिपाही, हवल्दारहरुलाई बीच सडकमा अपमान समेत गर्दै आएका थिए । स्टन्ट गर्दै आएका मन्त्री पाण्डेयको झण्डावाला गाडीले ट्राफिक नियम उल्लंघन गरेपछि कारबाहीमा परेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]

  प्रश्न : स्थानीय तहलाई तपाईंले ‘हाम्रो साझा सम्पत्ति’ भन्नुभएको छ। यसको अर्थ के हो? सबिन प्रियासन : स्थानीय तह भनेको कुनै एउटा व्यक्ति, राजनीतिक दल वा निर्वाचित जनप्रतिनिधिको मात्रै सम्पत्ति होइन। यो सम्पूर्ण नागरिकको साझा संस्था हो। जनताले तिरेको कर, नागरिकको श्रम, सहभागिता र सामूहिक प्रयासबाट स्थानीय तह सञ्चालन हुन्छ। त्यसैले यसको विकास, संरक्षण […]

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ। नेपाल मौरीपालक […]