०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

बिरगंजमा नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गर्न जनमत पार्टी विरोध प्रदर्शन

Logo
प्रकाशित शुक्रबार, जेठ ०५, २०८०

(ABC-Sanchar)
पर्सा । बिरगंज जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा भएको विरोध कार्यक्रममा सहभागीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन निष्पक्ष हुनुपर्ने , मधेस सरकारको साइकल घोटाला काण्ड, छोरी बिमा कार्यक्रम, पोखरी सौन्दर्यीकरणको नाममा भएको अनियमितता छानबिन गरेर संलग्न सबैलाई कडा कारबाही गरी सबै सम्पत्ति जफत गर्नु पर्ने माग गरेका छन् ।

विरोध कार्यक्रममा घटनाको निष्पक्ष छानबिन गर्न खुट्टा नकमाउन प्रहरीलाई उनीहरुले आग्रह समेत गर्दै आएका छन् । जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले भ्रष्ट्राचार घटनामा अनुसन्धान र दोषीलाई कारबाही नभएसम्म विरोध कार्यक्रम जारी राख्ने बताए । ‘आन्दोलनको स्वरूप परिवर्तन होला तर विरोध कार्यक्रम रोकिँदैन’ अध्यक्ष सरार्फले भने ।

विरोध कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य डा अजय यादव , जिल्ला सह– इन्चार्ज मुकेश द्धिवेदी, सह संयोजक रामजी रौनियार, महिला सङ्गठनको अध्यक्ष अञ्जना गुप्ता, अधिवक्ता हरिहर साह, कृष्ण पटेल, जिल्ला सचिव रेखा यादव, राजनारायण मिश्र, विद्यार्थी जिल्ला अध्यक्ष राजु गिरी, अजय चौरसिया, श्याम गुप्ता, बिराजु यादव, राम नरेश पटेल ,सञ्जय बर्मा, विजय यादव ,उमाशङ्कर गुप्ता, महेश चौरसिया ,महादेव शर्मा, कृष्ण कुशवहा ,मनोज पटेल, गुडु तिवारी लगायतका सहभागिता रहने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेयको झण्डावाला गाडीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले कारबाही गरेको छ । भैरहवाको बजारमा सडक पेटीमा लु १ झा ७४५ नम्बरको झण्डावाल गाडीलाई राखेर मन्त्री पाण्डेयले मारवाडीको हार्डवेर पसल उद्घाटन गर्न पुगेका थिए । सोही क्रममा स्थानीयले मन्त्री पाण्डेयको झण्डावाला गाडीलाई नो पाकिङमा राखिएको भिडियो सामाजिक सञ्जालमा […]

दाङ । कुनै पनि समाजको समृद्धि केवल पूर्वाधार निर्माण, भवन र सडक विस्तारले मात्र सम्भव हुँदैन। समाजलाई सही दिशा दिन सक्ने, जनताको भावना बुझ्ने, विकासलाई व्यवहारमा उतार्न सक्ने र हरेक वर्गको आवाज सुन्न सक्ने नेतृत्व आवश्यक हुन्छ। आजको समाजमा यस्ता नेतृत्वको खाँचो झन् बढ्दो छ। यस्तै समयमा सकारात्मक सोचका धनी, अति मिलनसार, दूरदर्शी तथा समाज […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको *सिभिल टोली*ले राप्ती सोनारी–४, बैजापुरबाट अवैध रूपमा ल्याइएको सामानसहित २ जनालाई नियन्त्रणमा लिएको छ। *बरामद विवरण:* 1. *४ वटा मोटरसाइकल* – अवैध रूपमा ओसारपसारमा प्रयोग भएको आशंका 2. *७ क्विन्टल पेरेण्ट्स कुखुरा* – भन्सार छली गरी ल्याइएको अनुमान 3. *२ जना मानिस* – नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बरामद […]

error: Content is protected !!