
ABC (क्राईमबिट)
दाङ । प्रहरीले चोरी मुद्धाका फरार प्रतिवादीलाई १८ वर्ष पछि पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नं. २ महदेवा निवासी ५२ वर्षीय भागीराम चौधरी रहेका छन् । चौधरीलाई चोरी मुद्धामा जिल्ला अदालत दाङको २०६० फागुन २ गतेको फैसलाले ४ वर्ष ११ महिना २ दिन कैद सजाय तोकेको थियो ।
सोही मुद्धामा चौधरीलाई पुनरावेदन अदालत तुलसीपुरले २०६२ असार १९ गते ४९ हजार पाँचसय जरिमाना तोकेको थियो । त्यसैगरी सोही मुद्धामा उनलाई पुनरावेदन अदालत तुलसीपुरले नै २०६२ कात्तिक ८ गते ७६ हजार पचास रुपैया जरिमाना तोकेको थियो । अदालतको फैसलापछि फरार रहेको चौधरीलाई प्रहरीले उनकै घरबाट शुक्रबार पक्राउ गरेको हो ।
पक्राउ परेका चौधरीलाई जिल्ला अदालतमा फैसला कार्यानवयनको लागि पठाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी राजन कुमार गौतमले जानकारी दिए ।