०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

दाङ ट्राफिकले दुर्घटना न्यूनीकरण गर्न चालक र सहचालकलाई ट्राफिक शिक्षा

Logo
प्रकाशित शनिबार, जेठ ०६, २०८०

(सागर थापा)

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सवारी दुर्घटना न्यूनीकरण गर्न सवारीका चालक र सहचालकलाई यात्रुहरुलाई ट्राफिक शिक्षा दिएको छ ।

दाङको लमही बजारमा राजमार्गमा गढवा बजारमा गढवा गाउँपालिकाको नगर प्रहरी समेतको उपस्थितिमा सवारी चालकहरूलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लले प्रशिक्षण दिएका हुन् । जिल्लामा राजमार्ग लामो हुनु र भित्री सडकमा समेत सवारी चाप अत्यधिक भएकाले चालक र सहचालकलाई प्रशिक्षित गर्नु परेको दाङ ट्राफिक प्रहरीले जनाएको छ ।

दाङमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको तथ्याङ्क अनुसार ट्राफिक प्रहरीले त्यसको न्यूनीकरण गर्नका लागि यो अभियान थालेको हो ।

दाङ जिल्लाको राजमार्गमा गुडिरहेको गाडीमा एक मिनेट चालक र एक मिनेट यात्रुसँग भन्ने अभियान चलाएको ट्राफिक प्रहरीले अहिले जिल्लामा रहेका सरोकारवाला निकायको सहयोगमा चालकलाई प्रशिक्षित गरेको हो ।

कम्तीमा ३ दर्जनौं जना सवारी साधनको चालकहरुलाई दाङ जिल्ला ट्राफिक प्रहरीले सचेतना अभियान बारे जानकारी गराएको अस्थायी ट्राफिक प्रहरी पोस्ट लमहीका ट्राफिक प्रमुख लक्ष्मण अयेरले जानकारी दिएका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेयको झण्डावाला गाडीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले कारबाही गरेको छ । भैरहवाको बजारमा सडक पेटीमा लु १ झा ७४५ नम्बरको झण्डावाल गाडीलाई राखेर मन्त्री पाण्डेयले मारवाडीको हार्डवेर पसल उद्घाटन गर्न पुगेका थिए । सोही क्रममा स्थानीयले मन्त्री पाण्डेयको झण्डावाला गाडीलाई नो पाकिङमा राखिएको भिडियो सामाजिक सञ्जालमा […]

दाङ । कुनै पनि समाजको समृद्धि केवल पूर्वाधार निर्माण, भवन र सडक विस्तारले मात्र सम्भव हुँदैन। समाजलाई सही दिशा दिन सक्ने, जनताको भावना बुझ्ने, विकासलाई व्यवहारमा उतार्न सक्ने र हरेक वर्गको आवाज सुन्न सक्ने नेतृत्व आवश्यक हुन्छ। आजको समाजमा यस्ता नेतृत्वको खाँचो झन् बढ्दो छ। यस्तै समयमा सकारात्मक सोचका धनी, अति मिलनसार, दूरदर्शी तथा समाज […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको *सिभिल टोली*ले राप्ती सोनारी–४, बैजापुरबाट अवैध रूपमा ल्याइएको सामानसहित २ जनालाई नियन्त्रणमा लिएको छ। *बरामद विवरण:* 1. *४ वटा मोटरसाइकल* – अवैध रूपमा ओसारपसारमा प्रयोग भएको आशंका 2. *७ क्विन्टल पेरेण्ट्स कुखुरा* – भन्सार छली गरी ल्याइएको अनुमान 3. *२ जना मानिस* – नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बरामद […]

error: Content is protected !!