०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

राप्ती बाल एकाडेमीलाई अन्तर विद्यालय हाजिरी-जवाफ प्रतियोगिताको उपाधि

Logo
प्रकाशित शनिबार, जेठ ०६, २०८०


(ABC-Sanchar)
दाङ । तुल्सीपुर राप्ती बाल एकाडेमीले अन्तर विद्यालय हाजिरी-जवाफ प्रतियोगिताको उपाधि हात पारेको छ । प्रतियोगितामा १२५ अंक सहित राप्ती वाल एकाडेमी तुलसीपुर-६ प्रथम भएको हो । प्रथम हुने राप्तीले नगद पाँच हजार सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।
रोटरी क्लव अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा शुक्रवार भएको अन्तर विद्यालय हाजिरी-जवाफ प्रतियोगितामा १२० अंक सहित हाम्रो पहुँच सेकेन्डरी स्कुल तुलसीपुर-७ र तुलसी आवासीय मावि तुलसीपुर-५ ले द्वितिय स्थान प्राप्त गरेका छन् । यस्तै द्वितिय स्थान प्राप्त गर्न सफल हाम्रो पहुँच सेकेन्डरी स्कुल र तुलसी आवासीय माविले समान नगद दुई हजार पाँच सय सहित प्रमाण पत्रबाट सम्मानित भएका छन् ।
रोटरी क्लव अफ तुलसीपुर सिटीका भावी अध्यक्ष पवन कुमार योगीको अध्यक्षता तथा रोटरी इंटरनेशनल डिष्ट्रिक ३२९२ जोन २६ का असिस्टेन्ट गभर्नर तुफानबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
असिस्टेन्ट गभर्नर श्रेष्ठले बिद्यार्थी जीवन कितावी ज्ञानमा मात्र सिमित भैरहेको पछिल्लो अवस्थाको चित्रण गर्दे वाह्य ज्ञानको पनि उत्तीकै महत्व रहेको बताउनुभयो । उहाँले वौद्धिक्ताको मापन प्रतियोगिताले मात्र सम्भव नहुने भन्दै विद्यालयहरुले पनि बालबालिकाको क्षमता अभिवृद्धि गर्ने यस्ता कार्यक्रमलाई निरन्तर सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
विगत लामो समयदेखि दाङ जिल्लाका विभिन्न क्षेत्रमा सामाजिक कार्यमा सक्रिय रहेका रोटरी क्लव अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरले शिक्षा क्षेत्रमा केही नयाँ गरौ र बालबालिकामा भएको ज्ञानलाई अगाडी वढाउ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हाजिरी-जवाफ प्रतियोगिताका कार्यक्रम संयोजक रुपेश शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा रोटरी क्लव अफ तुलसीपुर सिटीका पुर्व अध्यक्ष बिमल रिजाल, पुर्व अध्यक्ष विजय केसी, रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष नारायण गौतम, रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर तथा हाजिरी-जवाफ प्रतियोगितामा निर्णायकको भुमिकामा रहनु भएका बसन्त पौडेल लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
हाजिरी-जवाफ प्रतियोगिताको सहजिकरण तुफानबाबु श्रेष्ठ र सन्दीपन रिजालले गर्नुभएको थियो भने औपचारिक कार्यक्रमको सहजिकरण रोटरी क्लव अफ तुलसीपुर सिटीका सहसचिव दिपेश भण्डारीले गर्नुभएको थियो ।
हाजिरी-जवाफ प्रतियोगितामा तुलसीपुर क्षेत्रका सामुदायिक र संस्थागत गरी १८ वटा विद्यालयको उत्साहजनक रुपमा सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेयको झण्डावाला गाडीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले कारबाही गरेको छ । भैरहवाको बजारमा सडक पेटीमा लु १ झा ७४५ नम्बरको झण्डावाल गाडीलाई राखेर मन्त्री पाण्डेयले मारवाडीको हार्डवेर पसल उद्घाटन गर्न पुगेका थिए । सोही क्रममा स्थानीयले मन्त्री पाण्डेयको झण्डावाला गाडीलाई नो पाकिङमा राखिएको भिडियो सामाजिक सञ्जालमा […]

दाङ । कुनै पनि समाजको समृद्धि केवल पूर्वाधार निर्माण, भवन र सडक विस्तारले मात्र सम्भव हुँदैन। समाजलाई सही दिशा दिन सक्ने, जनताको भावना बुझ्ने, विकासलाई व्यवहारमा उतार्न सक्ने र हरेक वर्गको आवाज सुन्न सक्ने नेतृत्व आवश्यक हुन्छ। आजको समाजमा यस्ता नेतृत्वको खाँचो झन् बढ्दो छ। यस्तै समयमा सकारात्मक सोचका धनी, अति मिलनसार, दूरदर्शी तथा समाज […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको *सिभिल टोली*ले राप्ती सोनारी–४, बैजापुरबाट अवैध रूपमा ल्याइएको सामानसहित २ जनालाई नियन्त्रणमा लिएको छ। *बरामद विवरण:* 1. *४ वटा मोटरसाइकल* – अवैध रूपमा ओसारपसारमा प्रयोग भएको आशंका 2. *७ क्विन्टल पेरेण्ट्स कुखुरा* – भन्सार छली गरी ल्याइएको अनुमान 3. *२ जना मानिस* – नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बरामद […]

error: Content is protected !!