०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

भिड धेरै भएपछी टिकटकमा भाइरल सिमान्त केसीको क्लिनिक बन्द

Logo
प्रकाशित शनिबार, जेठ ०६, २०८०

(ABC-Sanchar)
काठमाडौँ । सामाजिक सञ्जाल टिकटक मा भाइरल सिमान्त केसीको क्लिनिक प्रहरीले बन्द गराएको छ । काठमाडौँको तार्केश्वर नगरपालिका–७ स्थित ढलमल पुल नजिकै रहेको क्लिनिक अत्यधिक भिडका कारण बन्द गराएको प्रहरी वृत्त बालाजुका डीएसपी मनोजिक कुँवरले रातोपाटीलाई बताए ।
‘हिजोबाट क्लिनिक बन्द छ’ डिएसपी कुँवरले भने–‘अत्यधिक भीड भएपछि बन्द गर्न आग्रह गरेका हौं ।’ बर्षौंदेखि निको हुन नसकेको दिर्घरोग आँखाले हेरेकै भरका निको पार्ने गुरु भनेर सिमान्तले उपचार गरिरहेका गतिविधि सामाजिक सञ्जालमा भाइरल छ । सामाजिक सञ्जालमा कतिपयले उनको उपचार पद्धति वैज्ञानिक नभएको र ‘ठगी’ भएको दाबी गरेका छन् । तर, हालसम्म उनी विरुद्ध ठगीको उजुरी नआएको डीएसपी कुँवरले बताए । डीएसपी कुँवरले भने–‘ठगी सम्बन्धी निवेदन जाहेरी आएको छैन ।’

सिमान्तसँग उपचार गराउन काठमाडौँ बाहिरबाट पनि अत्यधिक मानिसहरू आउने गरेका छन् । प्रतिव्यक्ति १ हजार लिएर उनले दैनिक ४ सय जनाको उपचार गरिरहेको कुरा सामाजिक सञ्जालमा उनले नै बताएको भिडियो पोस्ट गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेयको झण्डावाला गाडीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले कारबाही गरेको छ । भैरहवाको बजारमा सडक पेटीमा लु १ झा ७४५ नम्बरको झण्डावाल गाडीलाई राखेर मन्त्री पाण्डेयले मारवाडीको हार्डवेर पसल उद्घाटन गर्न पुगेका थिए । सोही क्रममा स्थानीयले मन्त्री पाण्डेयको झण्डावाला गाडीलाई नो पाकिङमा राखिएको भिडियो सामाजिक सञ्जालमा […]

दाङ । कुनै पनि समाजको समृद्धि केवल पूर्वाधार निर्माण, भवन र सडक विस्तारले मात्र सम्भव हुँदैन। समाजलाई सही दिशा दिन सक्ने, जनताको भावना बुझ्ने, विकासलाई व्यवहारमा उतार्न सक्ने र हरेक वर्गको आवाज सुन्न सक्ने नेतृत्व आवश्यक हुन्छ। आजको समाजमा यस्ता नेतृत्वको खाँचो झन् बढ्दो छ। यस्तै समयमा सकारात्मक सोचका धनी, अति मिलनसार, दूरदर्शी तथा समाज […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको *सिभिल टोली*ले राप्ती सोनारी–४, बैजापुरबाट अवैध रूपमा ल्याइएको सामानसहित २ जनालाई नियन्त्रणमा लिएको छ। *बरामद विवरण:* 1. *४ वटा मोटरसाइकल* – अवैध रूपमा ओसारपसारमा प्रयोग भएको आशंका 2. *७ क्विन्टल पेरेण्ट्स कुखुरा* – भन्सार छली गरी ल्याइएको अनुमान 3. *२ जना मानिस* – नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बरामद […]

error: Content is protected !!