
(सुरेन्द्र दास)
लहान । सिरहामा दोहोरो नागरिकता लिएको प्रमाण फेला परेको छ ।
फरक फरक जन्म स्थानबाट नागरिकता प्राप्त गरेको प्रमाण फेला परेको छ ।
सिरहाको चन्द्रोयपुर २ जन्म स्थान भनी नेपाली नागरिकताको प्रमाणपत्र लिएको मधुसुधन कर्णले विक्रम सम्वत २०४२/४/२० मा जिल्ला प्रशासन कार्यालय सिरहाबाट लिएको नागरिकता प्रमाण पत्रमा जन्म मिति २०२१ शाल लेखिएको छ ,
भने उनै व्यक्तिले पुन जिल्ला प्रशासन कार्यालय सिरहाबाट लिएको नागरिकता प्रमाण पत्रमा जन्म मिति २०२८/२/१ जन्म स्थान विष्णुपुर प्र . रा. देखिएको अवस्था रहेको देखिन्छ जहां दुबै प्रमाण पत्रमा बाबुको नाम तेज नारायण लाल कर्णनै राखिएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाबाट नागरीकता प्रमाणपत्र लिएका मधुसुधन कर्णको छिमेकी राष्ट्र भारतको समेत प्रमाण पत्र देखिएको हो ।
एउटै व्यक्ति एकातिर फरक फरक जन्म मिति अनुसार नागरिकता लिएको र अर्कोतिर भारतीय प्रमाण पत्र लिएका कर्णको प्रमाणपत्रमा समेत बाबुको नाम तेज नारायण लाल कर्ण नै लेखिएको छ ।
नागरिकता लिएर पनि नेपाली सरकारी सेवा सुविधा लिइरहेको अवस्थामा हालसम्म सिरहाको प्रशासनिक निकायले ध्यान नदिनु चिन्ताको विषय रहेको देखिन्छ ।