
(सागर थापा)
दाङ । जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) देखी २० कि.मी. दक्षिण पुर्वमा अवस्थित जिल्ला रुकुम पश्चिम मुसिकोट न.पा. ८ ओखर धारा भिर सामुदायिक बन भित्र भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा का.बाट प्र.नि. धर्मेन्द्र खड्काको कमाण्डमा ११ जनाको टोली खटी गई सोहि स्थानबाट ८ नाल भरुवा बन्दुक नियन्त्रणमा लिईको र अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।