२७ जेठ २०८३, बुधबार
10-06-2026 , Wed
×

दुवै खुट्टा गुमाएका हरि बुढामगर नेपालको नाम राख्दै सगरमाथाको चुचुरोमा सफल आरोहण

Logo
प्रकाशित आइतबार, जेठ ०७, २०८०


(ABC-Sanchar)
काठमाडौं । पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले यही जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पुगेका हुन् । यससँगै पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् ।

कृत्रिम खुट्टा(प्रोस्थेटिक)को सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन् । झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका हुन् । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए ।

बुढामगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए । बेलायती सेनामा भर्ना हुनुअघि सगरमाथा आरोहण गर्ने उनको सपना थियो । सगरमाथाको चुचुरोमा पुगेपछि बुढामगरले खुसीका साथ जोडले चिच्चाउँदै भनेका थिए, ‘हामी सफल भयौँ ।’ हरिको आरोहणका लागि एचएसटी एडभेन्चर्सका कृष थापा एक्सपिडिसन लिडरका रूपमा रहेका छन् । थापाले ब्रिटिसको स्पेशल एअर सर्भिस (एसएएस)को माउन्टेन ट्रुप लिडरका रूपमा २४ वर्ष सेवा गरेका थिए ।

सफल आरोहणपछि स्याटलाइट फोनमार्फत बुढामगरले भने, ‘वास्तवमा मैले सोचेभन्दा धेरै गाह्रो थियो तर हामीलाई अगाडि बढ्नैपर्ने थियो । त्यसैले हामीलाई कुनै फरक परेन । जतिसुकै दुःख भए पनि अन्ततः हामी सफल भयौँ ।’

बुढामगरले शारीरिक अशक्त भएका व्यक्तिहरू कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य आफूजस्तै साथीहरूमा जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्वपूर्ण रहेको बताए । उनले भने, ‘यदि म संसारको शिखरमा चढ्न सक्छु भने, अपाङ्गता भए पनि जो कोहीले आफ्नो सपना पूरा गर्न सक्छ ।’

सगरमाथाको आरोहणपूर्व पूर्वगोर्खा सैनिक बुढामगरले यसअघि मोन्ट ब्लाङ्क (चार हजार आठ सय १० मिटर), चुलु सुदूरपूर्व (छ हजार ५९ मिटर), किलिमन्जारो (पाँच हजार आठ ९५ मिटर) र मेरापिक (छ हजार चार सय ७६ मिटर) लगायतका आरोहण गरेका थिए । साथै सगरमाथा आधार शिविर पुग्ने र सगरमाथामाथि स्काइ ड्राइभ गर्ने ‘डबल एम्प्युटी एभोब एभोब नी’ को रेकर्ड पनि बुढामगरको नाममा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । ईलाका प्रहरी कार्यालय भालुवाङ दाङमा प्रहरी निरीक्षक पुष्कर ऐरी आएपछि *१. शान्ति-सुरक्षा व्यवस्थापन* – क्षेत्रभित्र हुने चोरी, लुटपाट, झै-झगडा, घरेलु हिंसा जस्ता घटनाको अनुसन्धान र नियन्त्रण। – रात्री गस्ती र चेकपोस्ट सञ्चालन गरी आपराधिक गतिविधि रोकथाम। *२. लागूऔषध नियन्त्रण* – दाङ-भालुवाङ पूर्व-पश्चिम राजमार्गमा पर्ने भएकाले लागूऔषध ओसारपसार नियन्त्रणमा प्रहरीले नियमित चेकजाँच गर्छ। – […]

काठमाडौं । उपत्यकाको मुटु रानी पोखरीका प्रहरी प्रमुख एआईजी ईश्वर कार्कीले फेरि दोहोर्याए सुरक्षा व्यवस्थालाई आधुनिक बनाउने र विकृतिलाई जरैदेखि उखेल्ने संकल्प। *’जिरो टोलेरेन्स’ को मतलब:* 1. *भ्रष्टाचार*: घुस लिने/दिने दुवैलाई छुट छैन। फाइल अड्काएर पैसा माग्ने ट्रेन्ड तोड्ने। 2. *ठगी*: अनलाइन ठगी, जग्गाको किर्ते, बैंकिङ फ्रड – प्रविधि प्रयोग गरेरै सञ्जाल तोड्ने। 3. *लागुऔषध*: […]

बाँके । नेपालगन्ज-जमुनाहा मुख्य नाका अहिले सशस्त्र प्रहरी बल ३० गणको निगरानीमा छ। भारततर्फबाट कपडा र “डेउ” भित्र्याउने क्रम बढेपछि चेकिङ कडा पारिएको हो। *समस्या कहाँ छ:* 1. *तस्करीको मोडेल*: नेपालगन्ज बसपार्कका धमला लगायतका टिमहरुले दैनिक उपभोग्य सामानको बोराभित्र ब्रान्डेड कपडा/डेउ लुकाएर ल्याउने। भन्सारमा “सामान्य सामान” भनेर देखाउने भन्सार छलेर समानहरु बोक्ने । 2. *मार […]

error: Content is protected !!