०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

लोककल्याणकारी विज्ञापन रोक्ने बोर्डको निर्णयप्रति नेपाल पत्रकार महासंघको आपत्ति

Logo
प्रकाशित आइतबार, जेठ ०७, २०८०


(ABC-Sanchar)
काठमाडौँ । छापामाध्यमलाई दिने लोककल्याणकारी विज्ञापनलाई निरन्तर गर्न विज्ञापन बोर्डलाई नेपाल पत्रकार महासंघले आग्रह गरेको छ । छापामाध्यमको हितविरुद्ध हुने निर्णय तत्काल फिर्ता लिई छापामाध्यमलाई दिने लोककल्याणकारी विज्ञापनलाई निरन्तर गर्न महासंघले ध्यानाकर्षण गराएको हो ।

बोर्डले छापामाध्यमलाई प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन बापतको रकम नपुग भएको कारण देखाउँदै जेठ १५ गतेसम्म लोककल्याणकारी विज्ञापन प्रकाशनको मात्र भुक्तानी गरिने भनी २०८०।०१।३१ गते सूचना प्रकाशित गरेको थियो । लोककल्याणकारी विज्ञापनका सम्बन्धमा बोर्डले जारी गरेको यो सूचना आपत्तिजनक र छापामाध्यमको हितविरुद्ध रहेको महासंघले ठहर गरेको हो ।

महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘छापामाध्यमलाई निरन्तर रूपमा दिँदै आएको लोककल्याणकारी विज्ञापन प्रणालीलाई समयअनुसार थप परिमार्जित र व्यवस्थित गर्दै जानुपर्नेमा सूचना प्रकाशन गरेर लोककल्याणकारी विज्ञापन स्थगित गर्ने बोर्डको यो कार्यले छापामाध्यमलाई सशंकित बनाउनुका साथै बोर्डको नियतमाथि नै प्रश्न खडा गरेको छ ।’

कोरोना सङ्क्रमणकै कारण हालसमेत विविध समस्याहरू झेलिरहेका छापामाध्यमलाई विभिन्न बहानामा बोर्डले लोककल्याणकारी विज्ञापन प्रकाशनमा यस्ता व्यवधान खडा गर्दा साना लगानी तथा स्वरोजगारमूलक छापामाध्यमहरू थप धराशायी हुने महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेयको झण्डावाला गाडीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले कारबाही गरेको छ । भैरहवाको बजारमा सडक पेटीमा लु १ झा ७४५ नम्बरको झण्डावाल गाडीलाई राखेर मन्त्री पाण्डेयले मारवाडीको हार्डवेर पसल उद्घाटन गर्न पुगेका थिए । सोही क्रममा स्थानीयले मन्त्री पाण्डेयको झण्डावाला गाडीलाई नो पाकिङमा राखिएको भिडियो सामाजिक सञ्जालमा […]

दाङ । कुनै पनि समाजको समृद्धि केवल पूर्वाधार निर्माण, भवन र सडक विस्तारले मात्र सम्भव हुँदैन। समाजलाई सही दिशा दिन सक्ने, जनताको भावना बुझ्ने, विकासलाई व्यवहारमा उतार्न सक्ने र हरेक वर्गको आवाज सुन्न सक्ने नेतृत्व आवश्यक हुन्छ। आजको समाजमा यस्ता नेतृत्वको खाँचो झन् बढ्दो छ। यस्तै समयमा सकारात्मक सोचका धनी, अति मिलनसार, दूरदर्शी तथा समाज […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको *सिभिल टोली*ले राप्ती सोनारी–४, बैजापुरबाट अवैध रूपमा ल्याइएको सामानसहित २ जनालाई नियन्त्रणमा लिएको छ। *बरामद विवरण:* 1. *४ वटा मोटरसाइकल* – अवैध रूपमा ओसारपसारमा प्रयोग भएको आशंका 2. *७ क्विन्टल पेरेण्ट्स कुखुरा* – भन्सार छली गरी ल्याइएको अनुमान 3. *२ जना मानिस* – नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बरामद […]

error: Content is protected !!