२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

घोराही सहिद गेट रोडमा रहेको बन्जाडे ईलेक्ट्रोनिक्समा आगलागी लाखौंको क्षति

Logo
प्रकाशित शुक्रबार, जेठ १९, २०८०

(ABC-Sanchar)
दाङ । घोराही उपमहानगरपालिकाको दमकलसहित नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनालगायत स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ ।

गोदाममा आगलागी हुँदा लाखौँको क्षति
यसैबिच इलेकट्रोनिक पसलमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । बञ्जाडे इलेकट्रोनिक पसलको गोदाम घरमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

गोदाममा लागेको आगो घोराही उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत स्थानीयको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो । जिल्ला प्रहरी कार्यालय दाङका उपरीक्षक वलीका अनुसार आज बिहान करिब साढे ११ बजेतिर पसलको गोदाममा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रहरी प्रमुख वलीले भन्नुभयो, ‘इलेकट्रोनिक पसलमा विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान छ । थप अनुसन्धान भइरहेको छ ।’ उहाँले आगलागीको घट्ना दिउँसो भएको र समयमै आगो नियन्त्रणमा आउँदा क्षति कम भएको बताउनुभयो । उहाँका अनुसार प्रहरीले क्षतिको विवरण सङ्कलनको काम गरिरहेको प्रहरीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]