२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

रायमाझी र खाँणसहित १६ जनालाई जेल चलान अदालतको आदेश महर्जन र गुरुङ धराैटीमा रिहा

Logo
प्रकाशित शुक्रबार, आषाढ ०१, २०८०

(ABC-Sanchar)

काठमाडौं । जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनामध्ये १६ जनालाई पुर्पक्षको लागि जेल चलान गर्न आदेश दिएको छ। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले करिब दुई हप्ता लामो थुनछेक बहसपछि १६ जनालाई पुर्पक्षको लागि थुनामा राख्न र दुई जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

अदालतले लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

अदालतले एमाले नेता एवम् पूर्वउपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, काँग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका अध्यक्ष शमशेर मिया, तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल)का सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वसभासद् आङटावा शेर्पा, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, तत्काली गृहमन्त्री बालकृष्ण खाँडका स्वकीय सचिव नरेन्द्र केसीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

त्यस्तै केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, गोविन्द चौधरी र रामशरण केसी, हरिभक्त महर्जनलाई पनि थुनामा राख्न आदेश दिइएको छ।

नक्कली शरणार्थी प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको थियो। उनीहरुविरुद्ध किर्ते, ठगी, सङ्गठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोहीअनुसार सजायको माग दाबीसहित मुद्दा दर्ता गरिएको थियो। उनीहरुविरुद्ध कैदका साथै रु. २८ करोड ८१ लाख विगोसमेतको माग गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]