२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्रुहरूलाई नि.शुल्क खाजा वितरण

Logo
प्रकाशित सोमबार, आषाढ १८, २०८०

(ABC-Sanchar)

चितवन । नारायणगढ मुग्लिन सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्रुहरूलाई उद्योग वाणिज्य सङ्घ मुग्लिन र होटल सङ्घ मुग्लिनले खाजा र पानी वितरण गरेका छन्। ती संस्थाले चाउचाउ, चिउरा र मिनरल वाटर निःशुल्क वितरण गरेका हुन्।

ती दुई संस्थाको नेतृत्वमा मुग्लिनका स्थानीय व्यवसायीबाट सहयोग जुटाई यात्रुहरूलाई खाजा र पानी वितरण गरिएको उद्योग वाणिज्य सङ्घ मुग्लिनका अध्यक्ष कल्याण गुभाजुले बताए। केही यात्रुहरूले सो अभियानमा साथ दिएको उनले बताए।

यसैबीच मुग्लिनका होटलहरूमा अनुगमन गरिएको छ। यात्रुहरूबाट होटलले खाना तथा खाजाको मूल्य महँगो लिएको भन्ने गुनासो आएपछि अनुगमन गरिएको होटल सङ्घ मुग्लिनका अध्यक्ष राम श्रेष्ठले बताए।

मुग्लिनका सबै होटलमा मूल्य सूची रहेकाले यात्रुहरू ठगिन नपर्ने सङ्घका अध्यक्ष श्रेष्ठले बताए। अनुगमनका क्रममा कतिपय होटलले मूल्य सूचीभन्दा कम मूल्यमा खाना खुवाएको समेत भेटिएको उनले बताए।

कुनै होटलले मूल्य सूचीभन्दा बढी मूल्य लिए होटल सङ्घ मुग्लिनमा जानकारी गराउन उनले आग्रह गरेका छन्। मुग्लिनमा होटल सङ्घमा दर्ता भएका मात्र ४७ वटा होटल छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]