२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

भैरहवामा अग्नि सिमेन्टका साहुको छोराको विवाहमा लाखौंको नक्कली मदिरा पाटी

Logo
प्रकाशित सोमबार, आषाढ १८, २०८०

(ABC-Sanchar)

काठमाडौँ । रुपन्देहीको भैरहवास्थित पौवा होटलमा आयोजित विवाह भोजमा प्रयोग गरिएको अवैध मदिराबारे आन्तरिक राजस्व कार्यालय, भैरहवाले अनुसन्धान अघि बढाएको छ ।

गत शुक्रबार भएको भोजमा भारतबाट अवैध रुपमा ल्याइएको मदिराको प्रयोग गरिएको आशंकापछि अनुसन्धान अघि बढेको हो । कार्यालय प्रमुख शान्तिराम निरौलाले अवैध मदिराको प्रयोग भएको पुष्टि गर्ने केही प्रमाण फेला परेको जानकारी दिएका छन् ।

अनुसन्धानको क्रममा भारतबाट चोरीपैठारी गरिएका विभिन्न नामका रक्सीका बोतल फेला परेको हो । रेड लेबल ‘ह्विस्की’ को ५८ र एब्सुल्युट भोड्काका १० खाली बोतल बरामद गरिएको उनले बताए ।

अग्नि सिमेन्टका सञ्चालक एवम् अग्नि ग्रुपका निर्देशक राजकुमार पोखरेलले आफ्नो छोराको विवाहमा अवैध रुपमा भित्र्याइएको रक्सीको प्रयोग गरेको स्रोतको दाबी छ । यता, होटलका ब्राण्ड म्यानेजर विष्णु भण्डारीले उक्त रक्सी होटलको तर्फबाट उपलब्ध नगराइएको दाबी गरेका छन् ।

ग्रुपका निर्देशक पोखरेलले पनि उक्त मदिरा आफ्नो पार्टीमा प्रयोग नभएको ठोकुवा गर्दै भाटभेटनी र स्थानीय पसलबाट खरिद गरेको र बिल देखाउन पनि तयार रहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]