२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी नवनिर्मित कार्यालय भवनहरू उद्‍घाटन

Logo
प्रकाशित सोमबार, आषाढ २५, २०८०

ABC (क्राईमबिट)

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले धनगढी उपमहानगरपालिका-२ स्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको हाताभित्र नवनिर्मित कार्यालय भवन, आवास तथा मेश भवनहरूको सोमबार एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले भवन निर्माणमा सहयोग पुर्‍याउनु हुने अवकास प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक उत्तम राज सुवेदी लगायतका महानुभावहरूलाई प्रशंसा-पत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री शाहले प्रदेश प्रहरीलाई गर्नुपर्ने आवश्यक सहयोगका लागि प्रदेश सरकार सदैव तत्पर रहेको बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले धन्यवाद ज्ञापन गर्दै प्रहरीलाई प्राप्त नयाँ भवनसँगै कार्यरत प्रहरी कर्मचारीहरुको मनोवल उच्च तथा कार्य सम्पादन क्षमता बद्धि भई समग्र शान्ति सुरक्षामा गुणात्मक प्रतिफल दिने गरी प्रहरी सेवा स्तरिय हुँदै जाने उल्लेख गर्नुभयो ।

सुदूरपश्चिम प्रदेश तालिम केन्द्र दिपायलका प्रहरी वरिष्ठ उपरीक्षक गणेश चन्दले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक सुमन दाहालले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै सुदूरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिनियोजित कूल २३ करोड ८६ लाख ९४ हजार ४ सय ४१ रूपैयाँ लागतमा उक्त भवनहरू निर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मुख्यमन्त्रीहरु, प्रदेश सरकारका मन्त्रीहरू, धनगढी उपमहानगरपालिका प्रमुख, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, पूर्व प्रहरी संगठनका पदाधिकारीहरू, नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशका पदाधिकारीहरू, संचारकर्मी, समाजसेवी तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]