२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले ड्युटीमा नआउने प्रहरीलाई ७ दिन भित्र हाजिर हुन

Logo
प्रकाशित मंगलबार, आषाढ २६, २०८०

ABC (क्राईमबिट)

काठमाडौँ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले तीन महिनादेखि बिना सूचना ड्युटीमा उपस्थित नहुने आफ्ना कर्मचारीलाई तत्काल सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको छ ।

प्रधान कार्यालयले ५ जना सशस्त्र प्रहरी जवान र २ जना सहायक हवल्दार आफूखुसी कार्यालयमा गैरहाजिर रहेको भन्दै उनीहरूलाई सात दिनभित्र सम्पर्कमा आउन समेत निर्देशन दिएको हो ।

उनीहरू लामो समयदेखि आफ्नो कार्यक्षेत्रमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा आउन नसकेको भन्दै हेडक्वाटरले सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित उपस्थित हुन भनेको छ ।

सूचनामा स.प्र.बल, नेपाल नं. ३ गण हे.क्वा. कंकालिनी मोरङका लक्ष्मण लिम्बु, २७ नम्बर गण हे.क्वा. रुपन्देहीका कपिल खत्री, २१ नम्बर गण हे.क्वा. दक्षिणकाली ललितपुरका पूर्ण बहादुर तामाङ, १७ नम्बर गण हे.क्वा. चितवनका केशर बहादुर विष्ट, ४९ गुल्म हे.क्वा. खप्तड, अछामका नर साउद, २९ गण हे.क्वा. ज्वालामाई दाङका प्रतीक बि.क. र ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँका विराज घिमिरे गैरहाजिर रहेको उल्लेख छ । उनीहरूलाई सूचना जारी भएको मितिले सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर नभए सेवाबाट हटाइने प्रधान कार्यालयलेको चेतावनी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]