२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

१ सय किलो ६ सय ग्राम लागुऔषध गाँजा र पिकअप गाडीसहित एक जना पक्राउ

Logo
प्रकाशित सोमबार, साउन ०१, २०८०

 

ABC (क्राईमबिट)

हेटौँडा । आइतबार हेटौँडाबाट प्रहरीले एक सय किलो ६ सय ग्राम लागुऔषध गाँजा र पिकअप गाडीसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले विशेष सूचनाको आधारमा हेटौँडा- ४ कर्रास्थित सडक खण्डमा सवारीसाधन रोकी जाँच गर्ने क्रममा उक्त परिमाणको लागुऔषध गाँजा बोकी ल्याएको बागमती प्रदेश ०३-००१ च १६८८ नम्बरको पिकअप गाडीलाई नियन्त्रणमा लिएको हो।

बोलेरो पिकअप गाडीलाई रोकी शङ्का लागेर खानतलासी गर्दा उक्त गाडीको पछाडिको भागमा खाली क्रेटहरूको मुनी बोराभित्र लुकाइछिपाई गरी ल्याइएको अवस्थामा लागुऔषध गाँजा एक सय किलो ६ सय ग्राम फेला पारेको प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।

उक्त लागुऔषध र पिकअफ गाडीसहित चालक गोरखा पालुङटार नगरपालिका- ३ बस्ने ३७ वर्षका दुर्गा दर्जीलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता कार्कीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!