२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

गढवामा बिषालु च्याउ खाएर २ जना बिरामी

Logo
प्रकाशित मंगलबार, साउन ०२, २०८०


(आलोक भावुक)
दाङ । गढवा जंगलबाट खोजेर ल्याएको बिशालु च्याउ खाँदा गढवामा एकै परिवारका दुई जना विरामी भएका छन्।

मंगलबार बिहान जङ्गलबाट ल्याएको च्याउ खाएका गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरका एकै परिवारका दुई जना विरामी भएको गढवा स्वास्थ्य चौकीका प्रमुख सुर्य नारायण यादवले जानकारी दिनुभयो।
विरामी हुनेमा गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरकी ७२ वर्षीय बसन्तु चौधरी र उहाँकी ७६ वर्षीय श्रीमती छुकनी चौधरी रहेको प्रमुख यादवले बताउनु भयो ।
बिहान १० बजेतिर खाना खाएका दुवैजनालाई १२ बजे तिर रिंगटा लाग्ने, वान्ता हुने जस्ता लक्षण देखिएपछी गढवा स्वास्थ्य चौकीमा लगिएको हो ।
विरामी दुवैको उपचार गढवा स्वास्थ्य चौकी गढवामा भैरहेको र हाल सम्म स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]