२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

महिलाहरुमाथि कुटपिट गरी सामाजिक सञ्जालमा भीडियो राख्ने ३ जना पक्राउ

Logo
प्रकाशित बुधबार, साउन ०३, २०८०

 

ABC (क्राईमबिट)

सुनसरी । जिल्ला सुनसरी बराहक्षेत्र न.पा. वडा नं.९ (टोल राजाबास) स्थित चिहान डाँडाको कोशी किनारमा जिल्ला सुनसरी बराहक्षेत्र न.पा. बडा नं. ९ (राजाबास टोल) बस्ने बर्ष १९ की मनिषा राईसहित तीनजनाले विपक्षीहरुको बेईज्जती गरेको भन्ने आरोप लगाई पीडितहरुलाई झुक्याएर वारदात स्थान जिल्ला सुनसरी बराहक्षेत्र न.पा.वडा नं.९ (टोल राजाबास) स्थितको चिहानडाँडाको कोशी किनारमा बोलाई पाँच जनाले निजहरु तीनैजनालाई पालैपालो कुटपिट गरी भिडियोसमेत बनाई सामाजिक सञ्जालमा उक्त भिडियो राखेकोमा पिडितहरुले मिति २०८०।०३।३१ गते इप्रका महेन्द्रनगरमा जाहेरी दरखास्त दिएका । उक्त जाहेरी दरखास्तको आधारमा पाँच जना अभियुक्तहरुमध्येका जिल्ला सुनसरी बराहक्षेत्र न.पा. वडा नं. १० प्रकाशपुर (भुजेलटोल) बस्ने बर्ष १९ की प्रिति लिम्बुलाई सोही दिन महेन्द्रनगरबाट पक्राउ गरी अभद्र व्यवहार मुद्दा अन्तर्गत पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाईएको साथै उक्त घटनामा संलग्न प्रतीवादीहरु भागि लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला सुनसरी बराहक्षेत्र न.पा. वडा नं. ८ (टोल सैनिकटोल) बस्ने बर्ष १८ की दुर्गा राई र ऐ. वडा नं. ८ (सैनिकटोल) बस्ने बर्ष २२ की बिनिता उराँउलाई इप्रका महेन्द्रनगरवाट खटिएको प्रहरी निरीक्षक राजेश दत्तको कमाण्डको विशेष प्रहरी टोलीले सुनसरीको ईटहरी बजारबाट आज मिति २०८०।०४।०२ गते दिनको १५:०० बजेको समयमा पक्राउ गरीएको । फरार रहेका थप २ जना अभियुक्तहरुको खोजी कार्य भईरहेको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]