०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

अछाममा मलामी बोकेको ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु ८ जना घाइते

Logo
प्रकाशित आइतबार, साउन ०७, २०८०

(ABC-Sanchar)
अछाम । प्रहरीका अनुसार जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-४ कुच्ची सालघारीस्थित विनायक बजारबाट बेलखेत शव बोकेर जाँदै गरेको भे१त ६७५६ नम्बरको ट्याक्टर घुम्तिमा मोड्ने क्रममा पल्टिएको हो ।

दुर्घटनामा पञ्चदेवल विनायक-६ का अन्दाजी २३ वर्षीय दीर्घ विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । त्यस्तै, पञ्चदेवल विनायक-२ का १२ वर्षीय दमन विक, अन्दाजी ४० वर्षीय सेरे विक, पञ्चदेवल विनायक-६ का १५ वर्षीय लोकेन्द्र विक, कमलबजार नगरपालिका-५ का २२ वर्षीय प्रकाश विक, कमलबजार-३ का १८ वर्षीय तप विक, कमलबजार-२ का १५ वर्षीय रमेश विक, १४ वर्षीय सन्तोष विक र ५५ वर्षीय अम्मर दमाई घाइते भएका छन् ।

उनीहरु सबैलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएको प्रहरीले बताएको छ । ट्याक्टर चालक पञ्चदेवल विनायक-४ का अन्दाजी २२ वर्षीय भरत थापा मगर फरार रहेका र उनको खोजी कार्य भइरहेको बताइएको छ । प्रहरीका अनुसार ट्याक्टरमा ३० जना सवार थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!