०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

अछाममा मलामी बोकेको ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु ८ जना घाइते

Logo
प्रकाशित आइतबार, साउन ०७, २०८०

(ABC-Sanchar)
अछाम । प्रहरीका अनुसार जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-४ कुच्ची सालघारीस्थित विनायक बजारबाट बेलखेत शव बोकेर जाँदै गरेको भे१त ६७५६ नम्बरको ट्याक्टर घुम्तिमा मोड्ने क्रममा पल्टिएको हो ।

दुर्घटनामा पञ्चदेवल विनायक-६ का अन्दाजी २३ वर्षीय दीर्घ विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । त्यस्तै, पञ्चदेवल विनायक-२ का १२ वर्षीय दमन विक, अन्दाजी ४० वर्षीय सेरे विक, पञ्चदेवल विनायक-६ का १५ वर्षीय लोकेन्द्र विक, कमलबजार नगरपालिका-५ का २२ वर्षीय प्रकाश विक, कमलबजार-३ का १८ वर्षीय तप विक, कमलबजार-२ का १५ वर्षीय रमेश विक, १४ वर्षीय सन्तोष विक र ५५ वर्षीय अम्मर दमाई घाइते भएका छन् ।

उनीहरु सबैलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएको प्रहरीले बताएको छ । ट्याक्टर चालक पञ्चदेवल विनायक-४ का अन्दाजी २२ वर्षीय भरत थापा मगर फरार रहेका र उनको खोजी कार्य भइरहेको बताइएको छ । प्रहरीका अनुसार ट्याक्टरमा ३० जना सवार थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]