२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बाराको जंगलमा बेवारिसे अवस्थामा एक बर्षको शिशु फेला

Logo
प्रकाशित मंगलबार, साउन १६, २०८०

 

(ABC-Sanchar)

बारा । निजगढ नगरपालिका १ धन्सार पुल नजिकैको जंगलमा करिब एक वर्षको शिशु बेवारिसे अवस्थामा फेला परेका छन्। बालक महेन्द्र राजमार्गअन्तर्गत बारा–रौतहट सडकखण्डको धन्सार पुल नजिकैको जंगलमा मंगलबार बिहान फेला परेको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए।

जनकपुर–बीरगंज चल्ने बसका यात्रुले बेवारिसे अवस्थामा बच्चा रोइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। बालकलाई बिहान जंगलमा छाडेको हुनसक्ने उनको प्रहरीको अनुमान छ।

बालकलाई उद्धार गरी जिल्ला अस्पताल कलैयामा राखिएको छ। बच्चाको अभिभावकको खोजी तथा अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]