०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

नेपाली सेनामा जागिर लगाइ दिन्छु भन्दै १५ लाख ठग्ने ८ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, साउन १८, २०८०

 

ABC (क्राईमबिट)

दार्चुला । नेपाली सेनामा जागीर लगाइदिने भन्दै रकम ठगी गरेको आरोपमा दार्चुलाको महाकाली नगरपालिका–३ बाट ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सेनामा जागिर लगाई दिने भन्दै सात जनाबाट झण्डै १५ लाख ठगी गरेको आरोपमा दार्चुला प्रहरीले आठ जनालाई पक्राउ गरेको हो ।

महाकाली नगरपालिका–३ बाँजका २७ वर्षीय नरेन्द्रसिंह महर, २१ वर्षीय ईश्वर महर, ४४ वर्षीय बिशनसिंह नगाल, २७ वर्षीय रमेशसिंह महर, ३० वर्षीय देवसिंह महर र ३८ वर्षीय रुकुम सिंह महर, मालिकार्जुन गाउँपालिका–३ का ५१ वर्षीय श्यामसिंह धामी र कैलालीको गोदावरी नगरपालिका–३ का ३४ वर्षीय शंकर भुललाई पक्राउ गरिएको दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) पाण्डेयले जानकारी दिए । उनीहरूले जागिर लगाई दिने भन्दै सात जनाबाट १४ लाख ९५ हजार रुपैयाँ ठगी गरेको पाइएको छ ।

पक्राउ परेका नरेन्द्रसिंह महरले आफू सेनामा जागिर खाइरहेको र देवीदल गण अत्तरियामा कार्यरत रहेको बताउँदै सेनामा जागरि लगाई दिने आश देखाएर ठगी गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

डीएसपी पाण्डेयका अनुसार उनीहरूले पीडित सात जनालाई सेनामा सिधै भर्ना गरेर तालिममा समावेश गराउने आश्वासन पनि देखाएका थिए । पक्राउ परेकाहरूको खाता नम्बर र ई–सेवामा रकम आएको पाइएको र उनीहरूमाथि ठगी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

बाँके । लुम्बिनी प्रदेश प्रहरी विशेष टोलीले विभिन्न जिल्लामा गरेको कारबाहीमा *अवैध सामान, पशुचौपाया र मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री* बरामद गरेको छ। *बरामद विवरण:* *1. बर्दिया – गुलरिया–१, लालपुर क्षेत्र* – नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा *५ वटा भैँसी* बरामद – अन्दाजी मूल्य: *रु. २ लाख ५० हजार* – १ जना नियन्त्रणमा […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको *सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता, बाँके*ले आफ्नो *२५ औं स्थापना दिवस* विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ। *कार्यक्रमको झलक:* 1. *औपचारिक समारोह* – स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। 2. *प्रदर्शन र परेड* – प्रशिक्षार्थीहरूले मार्चपास, शारीरिक […]

error: Content is protected !!