०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

सम्भावित दुर्घटना नहोस भन्दै धरानमा निषेधाज्ञा:बाक्लो सुरक्षाकर्मी परिचालन सबै ठप्प

Logo
प्रकाशित शनिबार, भाद्र ०९, २०८०


(ABC-Sanchar)
धरान । स्थानीय प्रशासनले निषेधादेश जारी गरेपछि धरानमा शनिवार बिहानैदेखि मानिसहरूको चहलपहल न्यून देखिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले सम्भावित दुर्घटना टार्न निषेधाज्ञा जारी गरेपछि धरान हुँदै कोशी राजमार्गमा चल्ने सार्वजनिक सवारीसाधन चलेका छैनन्।

धरानमा बजार भने खुला रहेको र स्थानीय यातायातका लागि प्रयोग गरिने टेम्पो र मोटरसाइकललगायत केही निजी सवारीसाधन भने अवरुद्ध नभएको बताइएको छ ।

निषेधाज्ञालाई धरानवासीले पालना गरेको धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले बताए । धरान प्रवेश गर्ने नाका तथा मुख्य चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको स्थानीयवासीले बताए।

व्यवसायीहरूका अनुसार इटहरी हुँदै धरान जाने सबैजसो सवारीसाधनलाई इटहरीको तरहरा क्षेत्रबाट प्रहरीले रोकेर फिर्ता पठाएको छ।

विभिन्न धार्मिक सङ्घसंस्थाले शनिवार धार्मिक र्‍याली आयोजना गर्ने तयारी गरेपछि स्थानीय प्रशासनले शुक्रवार रातिदेखि शनिवार राति १२ बजेसम्म धरान क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो।

धरानमा केही मानिसले गोरु काटेर मासु खाएको भनिएको विवरण सार्वजनिक भएपछि चलेको बहस र त्यससँगै उत्पन्न विवादपछि सम्भावित दुर्घटना टार्न धरान उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!