२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

विद्युतका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निलम्बन गर्न सरकारसँग माग सांसद:सुवाल

Logo
प्रकाशित मंगलबार, भाद्र १२, २०८०

(ABC-Sanchar)
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तत्काल पदबाट निलम्बन गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले बिजुली महसुल असुली गर्न नसकेकाले प्राधिकरणका निर्देशक घिसिङलाई तत्काल पदबाट निलम्बन गरी कारबाही गर्नुपर्ने माग गरेका हुन् ।

सांसद सुवालले डेडिकेटेड ट्रंक लाइनबाट बिजुली लिने, तर अर्बौं महसुल नतिर्नेहरूसँग मन्त्रीहरुले साँठगाँठ गरिरहेको आरोप लगाउँदै तथ्य बाहिर ल्याउने गरी छानबिन गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

उनले राजनीतिक दलहरूले राष्ट्रिय मान्यता प्राप्त गर्न तीन प्रतिशत मत ल्याउनैपर्ने प्रावधानसहितको निर्वाचनसम्बन्धी एकीकृत मस्यौदा लोकतन्त्रको मर्मविपरीत रहेको दाबी गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]