२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

भाडामा रहेको यातायात ब्यबस्था कार्यालय तुल्सीपुर सार्ने तयारीमा

Logo
प्रकाशित मंगलबार, भाद्र १९, २०८०


(तेज वली)
दाङ । तुल्सीपुर लुम्बिनी प्रदेश सरकार मन्त्री परिषद बैठकले गाईडहर स्थित तत्कालिन सीप विकास कार्यालय(हाल सामाजिक विकास डिभिजन कार्यालय)मा सार्ने निणर्य गरेको हो । सोही स्थानमा यस अघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र अर्थ मन्त्री धनबहादुर मास्कीले अवलोकन पनि गरेका थिए ।

सोही स्थानमा नै यातायात कार्यालय सार्ने गरि निणर्य भएको हो । हाल यातायात कार्यालय घोराही रोडमा छ । भाडाको भवनमा रहेको र पार्किङ क्षेत्र पनि साँघुरो भएकाले सोही स्थानमा यातायात यातायात कार्यालय सञ्चालनमा निकै समस्या हुने गरेको थियो ।

त्यस्तै सामाजिक विकास डिभिजन कार्यालयलाई तुलसीपुर-१२ मा रहेको शैक्षिक तालिम केन्द्रमा सार्ने निणर्य पनि भएको छ । सिप विकास तालिम केन्द्रका सामानलाई उद्योग मन्त्रालयलाई हस्तारण गर्ने निणर्य भएको छ । केही समय अघि बेलभुण्डी सार्ने गरि छलफल पनि भएको थियो । जहाँ नयाँ संरचना निर्माण गर्नुपर्ने अबस्था थियो ।

तर, पहिले नै भवन तयारी अबस्थामा रहेको सामाजिक विकास डिभिजन कार्यालयमा सार्दा सहज हुने भएकाले त्यहाँ सारिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]