२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बर्दिया कारागारबाट फरार कैदीलाई खोज्न साढे दुई सय पचास सुरक्षाकर्मी परिचालन

Logo
प्रकाशित मंगलबार, भाद्र १९, २०८०


ABC (क्राईमबिट)
बर्दिया । कारागारबाट तीन दिन अघि मध्यराति पर्खाल नाघेर फरार ‘भाइ नाइके’ ३० वर्षीय अजित बुढा क्षेत्रीको खोजीका लागि दैनिक रूपमा साढे दुई सय बढी सुरक्षाकर्मी परिचालन भइरहेका छन्।

जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले फरार अजितको खोजीका लागि दैनिक रूपमा साढे दुई सय बढी सुरक्षाकर्मी परिचालन हुँदै आएको बताए।

एक सय ५० जना नेपाल प्रहरी र एक सय बढी सशस्त्र प्रहरी फरार ‘भाइ नाइके’ अजितको खोजीको लागि दिनहुँ परिचानल गर्दै आएको शाहीले जानकारी दिए।

‘भागेदेखि नै व्यापक सुरक्षाकर्मी परिचालन गरी खोजी भइरहेको छ,’ एसपी शाहीले भने, ‘वन रक्षक लगायत सिमाना पारीका इण्डियन प्रहरीसँग पनि समन्वय भई खोजी भइरहेको छ।’

दुई देशबीचका मुख्य मुख्य चेक प्वाइन्टहरूमा र नेपाल तर्फका सबैतिर सम्भावित ठाउँहरूमा स्थानीयलाई समेत सूचना दिन भागेका ‘भाइ नाइके’ अजितको खोजी भइरहेको एसपी शाहीले बताए।

भागेका अजितको खोजीको लागि तालिम प्राप्त कुकुरहरूको पनि प्रयोग गरिएको छ। एसपी भण्डारीका अनुसार अत्यधिक गर्मीका कारण दुई दिन ट्र्याक गर्न लगाउँदा ‘हिट स्टक’ भएर ‘रोज’ नामक एउटा कुकुर मरेको जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]