प्रहरी प्रधान कार्यालयले सञ्चारतर्फका ठूलो संख्यामा कर्मचारीहरु सरुवा गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार आगामी असोज १ गते देखि लागू हुने गरी विभिन्न पदका ५९० जनाको सरुवा गरेको हो ।
सूचीअनुसार प्रहरी नायब निरीक्षक (सई) ५३ जनाको सरुवा गरिएको छ भने प्रहरी सहायक निरीक्षक (असई) १२२ जनाको सरुवा गरिएको छ ।
त्यस्तै बरिष्ठ हवल्दार ७४ जना, हवल्दार २५२ जना र सहायक हवल्दार ८९ जनाको सरुवा भएको छ ।