
ABC (क्राईमबिट)
पर्सा । बिरगंज महानगरपालिका वडा न.१४ गनडक चौक स्थित मिति २०८०।०५।२५ गते १०:३० बजे राती बिल विजक भन्दा बढी लत्ताकपडा तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट बाँके तर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा चेक जांच गर्ने क्रममा ना.८ ख ६१७१ नम्बरको मालवाहक ट्रकमा बिल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल
बिजक संकास्पद देखिएको हुँदा अंन्दाजि मुल्य रु.४५,३०,००४।– (पैतालीस लाख तिस हजार चार) बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको हार्डवेयर पार्टस तथा खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०५।२६ गते राजश्व अनुसन्धान कार्यालय पथलैयाकाे बारामा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी कुमार बिक्रम थापाले जानकारी गराउनु भएको छ।