२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

ईप्रका होलेरीको प्रमुखमा इन्सपेक्टर गैरे,सचेतना मुलुक कार्यक्रमलाई बढी जोड दिने

Logo
प्रकाशित शनिबार, भाद्र ३०, २०८०

 

(नन्दराम खड्का)

रोल्पा । ईलाका प्रहरी कार्यालय होलेरी प्रमुखका रुपमा प्रहरी निरीक्षक देबि प्रशाद गैरेको आगमन भएको छ।यस अघिका प्रहरी निरिक्षक मधुसूदन विश्वकर्माको सर्वोच्च अदालत काठमाडौंमा सरुवा भएपछि ईलाका प्रहरी कार्यालय होलेरीको कमान्ड सम्हाल्न इन्स्पेक्टर गैरे आएका हुन्।
प्रहरी वृत्त सिंह दरबार काठमाडौं कार्यरत प्रहरी निरीक्षक गैरेले कानु कार्यान्वयन गर्ने सवालमा कसैसंग सम्झौता नगर्ने बताएका छन्।

औसत कामकारबाही संगसंगै सामुदायिक साझेदारी कार्यक्रमलाई जोड दिएर नागरिकहरुमा सचेतता फैलाउने योजना रहेको बताए।

ईलाका प्रहरी कार्यालय होलेरीले दरबन्दीका रुपमा यस अघिसम्म १ जना मात्रै फ्रेश प्रहरी निरीक्षक पाएको थियो।उनि प्रहरी अधिकृत पोषण थापा २०७४ शालको निर्वाचन गराएर तालिममा गएका थिए।त्यसपछि जिल्ला प्रहरी कार्यालय रोल्पाबाट काच आएका प्रहरी निरीक्षक शंकर खड्का पनि ६ महिनामै सरुवा भएर काठमाडौं गएका थिए।

हाल ईप्रका होलेरीले इन्चार्जका रुपमा युवा प्रहरी अधिकृत पाएको छ।इन्स्पेक्टर गैरे होलेरी आएपछि यस क्षेत्रको शान्ति शुरक्षामा प्रभावकारी ढंगबाट टेवा पुग्ने स्थानियहरुको अपेक्षा समेत रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]