२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

असोज ३ गते आन्दोलन घोषणा गरेको नेपाल शिक्षक महासङ्घलाई सरकारले वार्तामा बोलायो

Logo
प्रकाशित मंगलबार, आश्विन ०२, २०८०


(ABC-Sanchar)
काठमाडौं । सरकारले संसदमा पेश भएको शिक्षा विधेयक २०८० प्रति आपत्ति जनाउँदै आन्दोलन घोषणा गरेको शिक्षक महासङ्घलाई वार्तामा बोलाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवम् सहसचिव भगवान् अर्यालले महासङ्घलाई मन्त्री अशोक राईको संयोजकत्वमा वार्तामा सामेल हुन विज्ञप्तिमार्फत आह्वान गरेका छन् ।

महासङ्घले उठाएका कतिपय मागहरू विधेयकमा समावेश गरिएको विज्ञप्तिमा दाबी गरिएको छ भने कतिपय मागहरू विधेयक पारित भएपछि नियमावली तथा सरकारको नीतिगत निर्णयबाट समेत सम्बोधन हुने प्रकृतिका रहेको बताउँदै महासङ्घलाई वार्ताका लागि बोलाइएको हो ।

‘महासङ्घले संविधान दिवसका दिनबाट घोषणा गरेका विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगन गरी मङ्गलवार दिउँसो ३ बजे शिक्षा मन्त्रालयमा हुने वार्तामा सहभागी हुन नेपाल शिक्षक महासङ्घलाई हार्दिक आग्रह गरिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

शिक्षा विधेयकप्रति असुन्तुष्टी जनाउँदै महासङ्घले संविधान दिवसदेखि देशभरका विद्यालयहरू अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]