०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

सिरहाको एक कपडा पसलमा आगलागी लाखौं मुल्य बराबरकोे धनमाल जलेर नष्ट

Logo
प्रकाशित शनिबार, आश्विन ०६, २०८०

(ABC-Sanchar)

सिरहा । विष्णुपुर गाउँपालिका ५ का चन्देश्वर महतोले विष्णुपुर १ बजारमा सञ्चालन गर्दै आएको कपडा पसलमा आगलागी हुँदा ८० लाखभन्दा बढीको धनमाल जलेर काम नलाग्ने भएको हो।

आगलागीबाट पसलमा रहेका सवै कपडा, र्याक, नगद तथा पसल रहेको घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। प्रारम्भिक तत्थाङ्क अनुसार ८० लाखभन्दा बढीको धनमाल जलेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्रराज पाण्डेले जानकारी दिएका छन ।

उनका अनुसार क्षतिका विवरणहरु अझै संकलन हुन बाँकी रहेकोले तत्कालै क्षतिको एकीन गर्न नसकिने बताए। बिद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीको भनाई रहेको छ। नजिकै रहेको चिया पसलेले पसलबाट धुवा निस्किरहेको देखेपछि तत्काल प्रहरीलाई खवर गरेका थिए। प्रहरी आएर पसल खोल्ने प्रयास गरे पनि सम्भव नभएपछि पसलका साहुलाई बोलाइएको थियो।

पसलले आउँदा सम्ममा धेरै सामान जलिसकेको प्रहरीले बताएको छ। सिरहा र गोलबजार नगरपालिकाबाट गएका बारुण यन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको हो। घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

दाङ । दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ रामपुरका पाँच जना युवाहरू मिलेर सामुहिक रूपमा तरबुजा खेती गर्नु भएको छ।दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ को बबई नदीको छेउमा कृषक कृष्ण चौधरी लगायत पाँच जना तरबुजाखेतीमा संलङ्ग हुनुहुन्छ।विगतमा बालुवा बालुवाले नै उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू […]

दाङ : नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले हरेक क्षेत्रलाई सफल नेतृत्व गर्ने जनशक्ति शिक्षाले उत्पादन गर्नुपर्ने बताउनुभएको छ। घोराही १७ गुलरियास्थित मदन भण्डारी मेमोरियल स्कुलले आयोजना गरेको कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ३३ औँ मदन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै […]

error: Content is protected !!