१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

तरबुजा खेतीमा आकर्षक बढ्दै दाङका युवाहरु

Logo
ABC-Sanchar प्रकाशित आइतबार, जेठ ०३, २०८३

दाङ । दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ रामपुरका पाँच जना युवाहरू मिलेर सामुहिक रूपमा तरबुजा खेती गर्नु भएको छ।दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ को बबई नदीको छेउमा कृषक कृष्ण चौधरी लगायत पाँच जना तरबुजाखेतीमा संलङ्ग हुनुहुन्छ।विगतमा बालुवा बालुवाले नै उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू खुसी भएको कृषक कृष्ण चौधरीले बताउनु भयो ।

कृषि पेशा मा अनुभब भए पछि स्वदेशमै आत्मनिर्भर हुनका लागि कृषि पेसा रोजेको हुँदा आफ्नै ठाउँमा कृषि पेसाबाट अगाडि बढ्ने चौधरीले बताउनुहुन्छ । उहाँले भन्नुभयोे, “कृषिसम्बन्धी अनुभव भएको र आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले पाँच वर्षअघिदेखि कृषि व्यावसाय गर्दै आएको थिएँ, हाल अहिले पाँच जना साथीहरु मिलेर दङ्गीशरण गाउँपालिका,१ रामपुरमा व्यावसायिक तरबुजाखेती गर्दै आएका छौँ ।
पहिलो वर्ष पनि तरबुजा खेती गर्दै आएका थियौं । यसबाट राम्रो आम्दानी भइरहेको उहाँले बताउनुभयो।

अहिले गाउँमै १२ कठ्ठा खेतमा आहाना ,पुजा सरस्वती ,दिव्या र स्वीटहनि जातका तरबुजाखेती गरिरहनुभएको छ ।अहिले आहाना, प्रति किलो रु ८० र स्विटहनी , सरस्वती , पुजा , दिव्या, प्रति किलो रु ५० को दरले गाउँमै बिक्रि भएको बताउनु भयो । अहिले दैनिक १००/१५० किलो बिक्री हुन्छ । हालसम्म आधाभन्दा बढी बिक्री गरिसकेको उहाँले जानकारी दिनुभयो । बाहिर देशबाट सस्तोमा भित्रिँदा स्थानीय किसान मारमा पर्ने गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “तर केही बजारीकरणमा समस्या भएको हुँदा सरकारले बाहिरी देशबाट आउने तरबुजालाई रोक्ने प्रयास गर्यो भने आफूलगायत अन्य कृषकहरुलाई सहज हुने छ । कम विषादीयुक्त र जैविक उत्पादन गरिरहेकाले आम उपभोक्ताको रोजाइमा परेको उहाँ बताउनुहुन्छ ।

कृषक कृष्ण चौधरी हरुले लगायका तरबुजा किन्न पुग्नुभएका सोही ठाउँ बस्ने एक स्थानीयले भन्नू भयो गर्मीको समयमा यसको महत्व धेरै हुने भएकाले खान मन लागेको समयमा यही आएर लैजाने गरेको उहाँ बताउनुहुन्छ । आफ्नै गाउँठाउँमा उत्पादित वस्तु खान अन्य नागरिकलाई पनि उहाँ आग्रह गर्नुभएको छ। खेर गइरहेका बगरमा यसरी तरबुजाखेती गर्नसके स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ। भने सीप र जाँगर भए विदेशिनु पर्दैन भन्ने दरिलो उदाहरण युवा कृषक हरु लाई दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]

  प्रश्न : स्थानीय तहलाई तपाईंले ‘हाम्रो साझा सम्पत्ति’ भन्नुभएको छ। यसको अर्थ के हो? सबिन प्रियासन : स्थानीय तह भनेको कुनै एउटा व्यक्ति, राजनीतिक दल वा निर्वाचित जनप्रतिनिधिको मात्रै सम्पत्ति होइन। यो सम्पूर्ण नागरिकको साझा संस्था हो। जनताले तिरेको कर, नागरिकको श्रम, सहभागिता र सामूहिक प्रयासबाट स्थानीय तह सञ्चालन हुन्छ। त्यसैले यसको विकास, संरक्षण […]

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ। नेपाल मौरीपालक […]