०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

ईप्रका टीकापुरका डिएसपी तुल्सीराम अर्यालको ३ महिनामा सरुवा ?

Logo
प्रकाशित मंगलबार, आश्विन ०९, २०८०

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले अर्यालको खुसुक्क सरुवा गरेर बर्दिया पठाएको हो। कमाण्ड सम्हालेको तीन महिना नबित्दै अर्याललाई हेडक्वाटरले टीकापुरबाट जिल्ला प्रहरी कार्यालय बर्दिया पठाएको बताइएको छ। २०८० जेठ २५ गते हाजिर भएका अर्याललाई खेदेजस्तै गरी सरुवा गरेर पठाइएको हो। टीकापुरमा आएपछि शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै विवादमा आएका अर्याललाई तीन महिना पुग्न तीन दिन बाँकी रहँदै बर्दिया फालिएको हो।

अहिले अर्यालको स्थानमा नयाँ डिएसपी विश्वराज अधिकारीलाई पठाइएको छ। करिब १५ दिन अघिमात्रै हेडक्वाटरबाट अधिकारीलाई टीकापुर पठाइएको हो। १६ वर्षअघि प्रहरी निरीक्षक पदमा नेपाल प्रहरीको जागिर सुरु गरेका अधिकारी त्यसअघि पर्वत जिल्लाको प्रमुखका रुपमा कार्यरत थिए।

गुन्डागर्दी र लागुऔषधको ट्रान्जिट नै मानिने टीकापुरमा उनलाई पनि टिक्न चुनौती छ। अर्याल आउनुभन्दा पहिलेका डिएसपी उद्धब भाट पनि टीकापुरबाट चार महिनामै लखेटिएका थिए। टीकापुर घटनाको मुख्य योजनाकारका रुपमा जेल जीवन बिताएपछि राष्ट्रपतिको आममाफीबाट छुटेका रेशमलाल चौधरीलाई स्वागत गर्दाको प्रस्तुतिले विवादमा तानिएपछि उनको सरुवा भएको थियो।

त्यसपछि अर्याल आएका थिए। २०७९ माघ २५ गते हाजिर भएका भाट २०८० जेठ २५ मा सरुवा भएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ : नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले हरेक क्षेत्रलाई सफल नेतृत्व गर्ने जनशक्ति शिक्षाले उत्पादन गर्नुपर्ने बताउनुभएको छ। घोराही १७ गुलरियास्थित मदन भण्डारी मेमोरियल स्कुलले आयोजना गरेको कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ३३ औँ मदन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै […]

सिरहा । जिल्लाको नवराजपुर गाउँपालिका–५, देवनगरस्थित सीमा क्षेत्रबाट *जेठ २ गते राति* सशस्त्र प्रहरी बल, नं. ७ गण सिरहाले करिब *१९ लाख ४७ हजार ३ सय रुपैयाँ बराबरको अवैध सामान र ट्रकसहित २ जनालाई* नियन्त्रणमा लिएको छ। *घटना विवरण:* गोप्य सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेको सामान बोकेको […]

बाँके । *घटना विवरण:* विशेष टोलीले दुई जना शंकास्पद व्यक्तिलाई पछ्याउँदा उनीहरूले झोलामा बोकेको गाँजा गाउँभित्रै फालेर फरार भएका थिए। स्थानीय बसिर अन्सारीको घर पछाडिको झाडीमा कालो झोला देखेपछि स्थानीयले तत्काल सीमा प्रहरी चौकीमा खबर गरेका थिए। खबर पाएलगत्तै चौकी इन्चार्ज *विष्णु गिरी*को टोली घटनास्थल पुगेर खानतलासी गर्दा झोलाभित्र *४ पोका गाँजा* फेला परेको प्रहरी […]

error: Content is protected !!