ABC (क्राईमबिट)
बारा । जितपुर सिमरा उ.म.न.पा.०७ जितपुर स्थित खटिएको प्रहरीको विशेष टोलीले विशेष सूचनाको आधारमा, बिरगंजबाट रौतहट तर्फ जादै गरेको ना.३.ख.४४९१ न.को ट्रकलाई रोकी चेक जाँच गर्दा विलबिजक भन्दा बढीको हार्डवेयर तथा खुद्रा सामानहरु बोकेर गईरहेको अं.मुल्य ३२,०६,३२२.०५/-(बत्तिस लाख छ हजार तिन सय बाईस रुपैया पाँच पैसा)बराबरको हार्डवेयर तथा खुद्रा सामान सहित उक्त ट्रक नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको व्यहोरा जानकारीको लागि अनुरोध गरिएको छ ।