०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

बाँकेमा पाटेबाघ मृत्यु भेटियो

Logo
प्रकाशित बुधबार, आश्विन १०, २०८०

(ABC-Sanchar)

बाँके । राप्तीसोनारी गाउँपालिका–२ मदुईको कचनापुरस्थित अशोक सामुदायिक वनमा मङ्गलबार साँझ ७ बजेतिर वयस्क पाटे बाघ मृतावस्थामा भेटिएको डिभिजन वन कार्यालय बाँकेका निमित्त वन अधिकृत गणेश खड्काले जानकारी दिए।

स्थानीयवासीको भनाइलाई उद्धृत गर्दै निमित्त वन अधिकृत खड्काले मृतावस्थामा भेटिएको उक्त बाघ सो क्षेत्रमा केही दिनअघिदेखि नै देखिएको थियो। बाघले स्थानीयवासीले पालेको पशुचौपायालाई समेत क्षति पु¥याएको खड्काले बताए।

उनका अनुसार मृत बाघले असोज १ गते स्थानीय ठगुलाल थारुको भैँसी, २ गते डिलबहादुर थारुको गाई, ६, गते अमरबहादुर वलीको बाख्रा, ८ गते पुंगीराम थारुको भैँसी, त्यसैगरी ८ गते नै धनवीर थारुको गोरु र आज भीमराजको दुई वटा बाख्रालाई आक्रमण गरेको थियो।

गाउँमा पसेर पशुचौपायालाई आक्रमण गरेको खबर थाहा पाएपछि उक्त बाघबाट जोगिन बाँके राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय बाँकेले स्थानीयवासीलाई सजग भएर रहन आग्रह गरेको निकुञ्ज संरक्षण अधिकृत श्याम शाहले बताए । मृतावस्थामा भेटिनुपूर्व बाघको नियमन संयुक्तरूपमा बाँके राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले गरिरहेको पनि उनले बताए।

“बाघ गाउँमा पसेको खबर स्थानीयवासीले गरेपछि हामीले स्थानीयवासीलाई सजग रहन आग्रह गरेका थियौँ”, उनले भने, “अहिले अचानक बाघ मृत फेला परेको खबर थाहा पायौँ। बाघलाई कसैले मारेको हो या आफैँ कालगतिले मरेको भन्ने विषय भोलिको परीक्षण रिपोर्टले बताउँछ तर अहिले नै बाघको मृत्यु के कारणले र कसरी भएको हो भन्ने विषयमा केही भन्न सकिँदैन।”

निकुञ्ज संरक्षण अधिकृत शाहका अनुसार मृतक पाटे बाघको परीक्षण आज  बुधबार गरिने छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ : नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले हरेक क्षेत्रलाई सफल नेतृत्व गर्ने जनशक्ति शिक्षाले उत्पादन गर्नुपर्ने बताउनुभएको छ। घोराही १७ गुलरियास्थित मदन भण्डारी मेमोरियल स्कुलले आयोजना गरेको कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ३३ औँ मदन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै […]

सिरहा । जिल्लाको नवराजपुर गाउँपालिका–५, देवनगरस्थित सीमा क्षेत्रबाट *जेठ २ गते राति* सशस्त्र प्रहरी बल, नं. ७ गण सिरहाले करिब *१९ लाख ४७ हजार ३ सय रुपैयाँ बराबरको अवैध सामान र ट्रकसहित २ जनालाई* नियन्त्रणमा लिएको छ। *घटना विवरण:* गोप्य सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेको सामान बोकेको […]

बाँके । *घटना विवरण:* विशेष टोलीले दुई जना शंकास्पद व्यक्तिलाई पछ्याउँदा उनीहरूले झोलामा बोकेको गाँजा गाउँभित्रै फालेर फरार भएका थिए। स्थानीय बसिर अन्सारीको घर पछाडिको झाडीमा कालो झोला देखेपछि स्थानीयले तत्काल सीमा प्रहरी चौकीमा खबर गरेका थिए। खबर पाएलगत्तै चौकी इन्चार्ज *विष्णु गिरी*को टोली घटनास्थल पुगेर खानतलासी गर्दा झोलाभित्र *४ पोका गाँजा* फेला परेको प्रहरी […]

error: Content is protected !!